Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न ः सरकारलाई थप प्रभावकारी बनाउन आफ्नै सरकारको ध्यानाकर्षण

नुवाकोट पुकार २३ पुष २०८१, मंगलवार २०:०५

काठमाडौँ । नेकपा एमालेको आठौँ केन्द्रिय कमिटी बैठक सुशासन, विकास र समृद्धिको अभिभारा पुरा गर्न राजनीतिक स्थायित्वको प्रतिविद्धतासहित विविध समसामयिक प्रस्तावहरू पारित गर्दै आज सकिएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आइतबारदेखि बसेको केन्द्रीय कमिटीको बैठकले आज समसामयिक १४ वटा प्रस्ताव पारित गरेको हो ।

बैठकद्वारा पारित प्रस्तावले राष्ट्रिय हितको रक्षा, सामाजिक आर्थिक रूपान्तरण, सुशासन, स्वरोजगार, भ्रष्टाचार नियन्त्रण, पारदर्शिताको सुनिश्चितता, बाढि पहिरो, भूकम्पबाट पीडितको पुर्ननिर्माण, पुनर्स्थापनाका कार्यमा तीव्रता दिन, भूकम्प, मिथ्या सूचना प्रचारलाई रोक्न नियामक निकायका भूमिका थप प्रभावकारी बनाउन सरकारसँग सङ्कल्प र आग्रह गरेको छ ।

केन्द्रिय कमिटी बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेकपा एमाले र नेपाली काँग्रेसको संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको बैठकले निष्कर्ष निकालेको बताउनुभयो ।

बैठकले सत्तारूढ दलहरू बिचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ बनाउँदै सरकारलाई प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै विकास र समृद्धिको अभिभारा र गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण समेत गराएको प्रमुख गौतमले जानकारी गराउनुभयो ।

यस्तै नेकपा एमालेको आजको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि बैठकलाई सम्बोधन गर्नुहुँदै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अब पार्टीभित्र कुनै पनि पूर्व समूहहरू कायम नरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आलोचनाका विषय पार्टीभित्र राख्न सकिने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने किसिमका गुटबन्दी र अराजकता स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकलाई स्थायित्व र समृद्धि हासिल गर्ने लक्ष्यसहित समाजवादको गन्तव्यलाई ध्यानमा राखेर वर्तमान सरकारले काम गरिरहेको पनि बताउनुभयो ।

Continue Reading

Previous: देउवा—लिङ्देन भेटवार्ता, के के भयो कुराकानी ?
Next: शेरा दरबारको जग्गाको निश्पक्ष छानविन गरियोस्(सम्पादकीय)

सम्बन्धित समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

छुटाउनु भयो कि ?

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५
कांग्रेस बिलयो बनाउने सूत्र खोजौंं

कांग्रेस बिलयो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०७:५७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार