Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

शेरा दरबारको जग्गाको निश्पक्ष छानविन गरियोस्(सम्पादकीय)

नुवाकोट पुकार २४ पुष २०८१, बुधबार ०९:११

मुलुकमा बहुदलीय व्यवस्थाको स्थापना पश्चात सरकारी जग्गाहरु धमाधम व्यक्तिका नाममा सार्ने एक प्रकारको गिरोह नै सक्रिय भएको थियो । बालुवाटारको जग्गा समेत आफ्नो नाममा बनाउन सक्ने गिरोहले राजनीति आड र भरोसामा देशका अन्य स्थानहरुमा पनि भएका बहुमुल्य जग्गाहरु आफ्नो नाममा पारेर ठुलो लाभ लिएको देखिदै आएको छ ।

पछिल्लो पटक पृथ्वीनारायण शाहकालीन इतिहास भएको नुवाकोटमा रहेको शेरा दरबारको नाममा रहेको जग्गा पनि यसरी नै व्यक्तिका नाममा पुगेको छ । झण्डै १८३ रापेनी क्षेत्रफल मध्ये १६३ रोपनी जग्गा नेपाल सरकारको नाममा हुनुपर्ने थियो । तर सबै जग्गा व्यक्तिका नाममा पुगेको छ । कृषि उत्पादनका लागि समेत अत्यन्त उपयुक्त र नुवाकोट जिल्लाको मुटुमा रहेको उक्त जग्गा कसरी माफियाहरुले आफ्नो जंगुलमा पारेका रहेछन् भन्ने तथ्यहरु पछिल्ला दिनमा सार्वजनिक भएका छन् ।

हुन त जसको नाममा त्यो जग्गा हाल कायम छ उनले आफूले किनेको भनेर प्रमाणसहित बसेको देखिन्छ । तर खोजविनका क्रममा सिआइबीले १८४ रोपनीमध्ये १६३ रोपनी जग्गा सरकारको नाममा हुनुपर्ने निष्कर्ष निकालेको छ र उसले सरकारलाई सिफारिस समेत गरिसकेको छ । अनुसन्धानमा उल्लेख गरिए अनुसार पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा रहेको दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा हुनुपर्ने अनुसन्धान भनिएको छ । सिआइबीले नेकपा (माओवादी केन्द्र) का नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको हो निजी कम्पनीमार्फत जग्गा प्लटिङ गरेर बेच्ने प्रकृया सुरु भएपछि सरकारले अनुसन्धान प्रक्रिया अघि देखिन्छ । तर उक्त कम्पनीले आफूले किनेको दावी गर्दै आएको छ ।


सोही जग्गाको दर्ता श्रेष्तामा विसं २०४४ साल असार ११ को निर्णयअनुसार सो प्रालिको सट्टामा अन्नपूर्ण फार्मिङ प्राली कायम गरेको भनेर २०४४ असार १८ को मितिमा उल्लेख गरिएको छ । सो अन्नपूर्ण फार्मिङ प्रालिको नाममा कायम भएको ती जग्गाहरू बिदुर नगरपालिका वडा नं। २ स्थित कित्ता ८२ ,८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५,९७ र ९८ गरेर १३ वटा कित्तामा रहेका अन्नपूर्ण फार्मिङ प्रालिको नामबाट उक्त प्रालीको खरिद(बिक्री भएर रानीको दरबारको रूपमा रहेको जग्गाहरूको प्रालिसँगै कारोबार भएको पाइएको मालपोत कार्यालयबाट प्राप्त भएका कागाजातमा उल्लेख छ ।

दरबारसहितको फार्मिङ कम्पनीको नाममा बनाइएको जग्गाहरू आवादी ३ कित्ता मात्र रहेको छ भने प्रति जग्गा ५ कित्ता, ३ कित्ता जग्गा पोखरी, १ कित्ता जग्गा केरा र १ कित्तामा बगैँचा रहेको जग्गाधनी श्रेष्ता किताबमा नै उल्लेख छ । प्रति, पोखरी, केरा र बगैँचा भएका जग्गाहरू स्वतः सरकारी जग्गा हुने भएपनि ती जग्गाहरूसमेत फर्मिङ प्रालिको नाममा नापी भएको पाइएपछि राज्यको सम्पत्ति दुरुपयोग भएको जनाइएको छ ।

त्यसैगरी रानीको दरबारको रूपमा चर्चिएको जग्गाहरु कित्ता ७९, ८० र ८१ ९८१ नं को कित्ता टुक्राएर हाल १७५२ र १७५३ बाइएको छ भने हेलेन शाहबाट बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार)को सयुक्त नाममा करीब २० रोपनी जग्ग्गाहरू बिक्री गरेको पाइएको छ । उक्त जग्गाधनीहरूले ८१ नं को कित्ता टुक्राएर वर्षा बस्नेतको दाइ तादी गाँउपालिका नर्जामण्डप निवासी हाल काठमाडौं बस्ने बसन्तबहादुर बस्नेतलाई मिति २०८० माघ १५ गते ९ आना जग्गा पाँच लाखमा बिक्री गरेको पाइएको छ । ८१ नं को कित्ताबाट टुक्राएपछि बाँकी ६ रोपनी जग्गाहरू बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत (चित्रकार) को सयुक्त नाममा किता नं १७५३ बनाएर राखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी नेपाल सरकारको सम्पत्तिलाई विभिन्न वहानामा राजनीतिक आड भरोसमा दोहन गर्ने कार्य जसरी भएको भएको छ त्यो निन्दनीय मात्रै छैन राज्य विरुद्धको ठुलो अपराध पनि हो ।

राज्यको माथिल्लो तहमा रहेर राज्यका सम्पत्तिहरु यसरी घुमाउरो बाटोबाट आफ्नो सम्पत्ति बनाउनेहरुले कसरी देशको लागि काम गर्न सक्छन् । यस्ता माफियाहरु जो सुकै हुन सरकारभित्र वा बाहिर जहाँ भएपनि खोजीविन गरेर कारबाहीको दायरमा ल्याउनुपर्दछ । नेपाल सरकारले कुनै पनि बहानामा सरकार यो प्रक्रिया रोक्न मिल्दैन हुँदैन पनि । यसर्थ शेरा दरबारको जग्गाको निश्पक्ष छानविनका आधारमा दुघको दुघ र पानीको पानी छुट्याइयोस् ।

Continue Reading

Previous: एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न ः सरकारलाई थप प्रभावकारी बनाउन आफ्नै सरकारको ध्यानाकर्षण
Next: एक्लै निर्वाचन लड्ने एमाले र माओवादीका कुरा

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार