Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

एक्लै निर्वाचन लड्ने एमाले र माओवादीका कुरा

नुवाकोट पुकार २४ पुष २०८१, बुधबार ०९:१४

शुकदेव दाहाल

नेपालको राजनीतिक इतिहामा मुख्यतया दुई शक्ति कायम छन् । नेपाली कांग्रेसले प्रजातान्त्रिक धारको नेतृत्व गर्दै आएको छ भने अरु बामपन्थी धारका दलहरुले कम्युनिष्ट पार्टीको शिद्धान्त र विचार अगाल्दै आएका छन् । २००७ सालमा बहुदलीय व्यवस्था स्थानका लागि पनि यिनै दुई शक्तिको भूमिका थियो ।

मुख्य त कांग्रेसले सुरु गरेको आन्दोलनमा मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठहरुको प्रत्यक्ष सहभागितामा भएको थियो र उहाँहरु कम्युनिष्ट विचारधारबाट प्रभावित हुनुहुन्थ्यो । सोही बेलादेखि नेपालमा दुई शक्ति थिए । उनीहरुले नै राणा, राजा र पञ्चायत ढालेका हुन । मुलुकमा बहुदल ल्याउन भएका आन्दोलनमा त्यहि बामपन्थी दलहरुले कांग्रेससँग सहकार्य गरेका थिए । नेपालमा २०४६ सालमा बहुदलीय व्यवस्था स्थापना पश्चात राजनीतिक दल खोल्ने स्वतन्त्रतासँगै प्रजातान्त्रिक दलहरु एक ठाउँमा उभिएको भएपनि कम्युनिष्ट दलहरु भने आफ्नो स्वार्थ अनुसार विभाजित भएको देखिन्छ ।

यो सँगै अन्य केही पञ्चायती दल र २०६३को जनआन्दोलपछि स्थापित गणतन्त्रसँगै केही नयाँ शक्ति जन्माउने भन्दै दलहरु गठन भए तर उनीहरुको भूमिका राजनीतिक रुपम देखिएन । राजनीतिमा मुख्य त नेकपा माले नाममा चिनिएको कम्युनिष्ट पार्टी पछिल्ला दिनमा धेरै दलका नाममा चिनिन थालेको भएपनि एमाले मात्रै स्थापित दलको रुपमा कायम छ । २०५१ सालपछि नेकपा माओवादी पार्टीको जनयुद्धपछि पटक पटक सत्तमा पुगेको र जनाधार भएको एमाले समेत खुम्चिन पुगेको थियो । माओवादीले आफ्नो जनयुद्धलाई बिसाएर शान्तिपुर्ण मुल धारमा आएसँगै २०६४ सालमा देशको पहिलो राजनीतिक शक्ति बन्यो । कांग्रेस अर्को धारको नेतृत्व गर्ने दल भएकाले उसलाई त्यति ठुलो असर परेन ,तर अन्य बामपन्थी दलहरु भने माओवादीको छत्रछायामा पुगे ।

एमाले जस्तो दल समेत माओवादीसँग सहकार्य र एकता गर्ने सम्मको अवस्थामा पुग्यो । कालान्तरमा त्यो पनि विभाजित भयो कम्युनिष्ट दलहरु टुक्रा टुक्रा हुनपुगे । यहाँ उल्लेख गर्न खोजिएको कुरा के हो भने हाल दुई ठुला कम्युनिष्ट दलहरुको केन्द्रीय कमिटिको बैठक चलिरहेको छ । एमाले र माओवादीको केन्द्रीय कमिटिको बैठकमा एकले अर्कोलाई प्रतिक्रियावादी र सत्ता स्वार्थमा लागेको भन्दै आरोप प्रत्यारोप गरिरहेका छन् । कुनै बेला एउटै भएका उनीहरु अब एक अर्काप्रति कहिलेई गठबन्धन गर्न नहुने निश्कर्षमा पुगेका छन् । अबको निर्वाचन अर्थात २०८४ मा नेकपा एमालेले माओवादीसँग सहकार्य नगर्ने र माओवादीले एमालेसँग सहकार्य नगर्ने अवस्था भनेको छ । तर उनीहरु आफ्नो स्वार्थ पूरा नहूँदासम्म यसो भन्ने गरेको इतिहास हाम्रा सामु ताजै भएकाले यो पटककको उनीहरुले राजनीतिक कुरा पनि त्यसमा नै सिमित हुनसक्ने अनुमान सायद राजनीतिक जानकारहरुले गरिसकेको हुनुपर्दछ ।

पटक पटक सत्तामा पुगेपनि देश र जनातका लागि खासै काम गर्न नसकेको माओवादी एमाले भन्दा कुनै भिन्न दलको रुपमा आफुलाई स्थापित गर्न सकेको देखिदैन । यद्यपि उसले गणतन्त्रताका लागि गरेको योगदान भने पक्कै महत्वपुर्ण मान्नुपर्दछ । एमालेले आफ्नो संगठनलाई जरैसम्म राख्न सफल भैसकेको छ ।

उसको संगठन र राजनीतिक गतिविधि राजनीतिक दलको रुपमा महत्वपुर्ण नै छ । उ एक्लै पनि आफ्नो सामाथ्र्यमा दलको हैसियतमा कायम छ तर माओवादी भने विगत केही निर्वाचनहरुबाट भने अरुको वैशाखीमा उभिनु परेको छ । जे होस् निर्वाचन भनेको दलहरु आफू एक्लै लड्नु पर्दछ भन्ने कुरामा दुईमत छैन । जनताले करले भन्दा पनि आफ्नो मन र वचनबाट प्रतिवद्ध भएर मत हाल्ने हो । यसर्थ उनीहरु जसरी जुधेपनि निर्वाचन एक्लै लड्ने कुरा भने अत्यन्त सकारात्मक मान्नुपर्दछ । त्यो ०८४मा व्यवहारमा पनि लागुहोस् । शुभकामना ।

Continue Reading

Previous: शेरा दरबारको जग्गाको निश्पक्ष छानविन गरियोस्(सम्पादकीय)
Next: तिब्बत भूकम्प : १२६ जनाको मृत्यु

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार