Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

मलको कोटा बढाउने कुरामा सरकारको ध्यान पुगोस्(सम्पादकीय)

नुवाकोट पुकार २ माघ २०८१, बुधबार ०८:५४

कृषि र पछिल्लो समय फलफूलका लागि समेत नुवाकोट जिल्ला साच्चिकै उर्वर भूमि मान्निछ । नुवाकोट जिल्लामा यस्ता केही फाँटहरु छन् जसले वर्षमा चार पटक उत्पादन दिईरहेका छन् । यस्ता क्षेत्रहरु छन् जहाँ फलफुलहरु फलिररहेका हुन्छन् । सुन्तला, कागती, निबुवा, जुनार मेवासहितका धेरै फलफूलहरुमा पछिल्लो समय नुवाकोट जिल्ला आत्मनिर्भर बन्दै गैरहेको छ । कृषिमा त झन नुवाकोट जिल्लाको उत्पादन आशालाग्दो मात्रै होइन रहर लाग्दो हुने गरेको छ । तर अझै किसानले आफूले चाहे जस्तो ढंगले उत्पादन गर्न सकिरहेका छैन् ।

यसका धेरै कारणहरु छन् । प्राकृतिक रुपमा आइपर्ने कारणहरुका विषयमा कसैले केही गर्न सक्ने कुरा होइन । विपत्ति बाजा बजाएर आउँदैन र यसालई सहजै अनुमान गर्न पनि सकिदैन । तर यि बाहेक आवश्यक मल, बिउँ, सिँचाई जस्ता कुराहरुका कारणले गर्दा किसानहरुले आफूले सोचेको जस्तो उत्पादन गर्न सक्ने अवस्था छैन । यि कुराहरुमा राज्यको ध्यान पुग्ने पर्ने हो तर पुगेको छैन । किसानले मल चाहिएको बेला मल पाउँदैनन् , बिउँ चाहिएको बेला बिउ र पानी चाहिएको बेला पानी पाईदैन । धन्न किसानहरुले अझै कृषि कर्म गरिरहेका छन् ।

बेलकोटगढीसहित समग्र नुवाकोट जिल्लाका लागि मलको कोटा बढाउने मागसहित पशुपंक्षी तथा कृषि मन्त्री रामनाथ अधिकारीसँग भेटन् केही दिनअघि कांग्रेस नेता जगदीश्वरनरसिंह केसीसँग बेलकोटगढीका उपमेयर शिव दाहालको नेतृत्वमा मन्त्रालय पुगेको जनप्रतिनिधिहरुको टोली

पछिल्लो पटक बेलकोटगढीको अगुवाईमा मलको कोटा वृद्धि गर्न नेपाल सरकार समक्ष माग पुगेको छ । बेलकोटगढीका उपमेयर शिवप्रसाद दाहालको नेतृत्वमा कांग्रेस नेता जगदीश्वरनरसिंह केसीको साथ वडा अध्यक्षसहितको टोलीले गत हप्ता कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसमक्ष यस्तो माग गरेको हुन् । टोलीले किसानहरूको समस्यालाई प्राथमिकतामा राख्दै, रासायनिक मलको अभावले कृषि उत्पादनमा गम्भीर असर पारेको भन्दै कोटा वृद्धि गर्न सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेको छ । नगरपालिकाका उपमेयरले भनेजस्तै वितरण गर्दा भूगोललाई हेरेर होइन, उत्पादनलाई आधार मानेर कोटा निर्धारण गरिनुपर्दछ । नगरपालिकाको यो भनाई अत्यन्त जायज मान्प र्दछ । किनभने साना तथा कम उत्पादन हुने जिल्ला र नुवाकोट जस्तो जिल्लाका लागि एउटै कोटा वा केही थप घटले कुनै महत्व राख्दैन । यस्ता उत्पादन हुने जिल्लाका लागि सरकारले जसरी पनि आवश्यक कोटा थप गर्नैपर्दछ ।

जनप्रतिनिधिहरुको मागप्रति वा किसानको समस्या राम्रोसँग बुझेका मन्त्री रामनाथ अधिकारीले टोलीको मागलाई सकारात्मक रूपमा लिँदै यसको समाधानका लागि पहल गर्ने आश्वासन दिनुभएको छ । त्यसपछि मन्त्रीबाट के कस्ता काम भए सार्वजनिक भएको छैन । तर पनि मन्त्री जुन ढंगले यो विषयमा गम्भीर बन्नुभएको छ साच्चिैकै उहाँले मन्त्रिपरिषद् बैठकसम्म यस्ता विषय लागन सक्नुपर्दछ र बेलकोटगढीले भनेजस्तै समग्र नुवाकोट जिल्लामा मलको कोटा थप गर्न सक्नुपर्दछ तब मात्रै नुवाकोटले कृषि क्षेत्रमा राम्रै क्रान्ति गर्न सक्नेछ ।

Continue Reading

Previous: बाल कविताः पढ्ने बानी
Next: के छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार