
काठमाण्डौ । प्रमख निर्वाचन आयुक्त दिनेश थपलीयालेपालिकामा जनप्रतिनिधि छान्न छुट्टाछुट्टै मतपत्रको प्रयोग गर्न सकिने प्रस्ताव गर्नुभएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले अब हुने पालिका चुनावमा प्रमुखरउपप्रमुख, वडाअध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रश्ताव ऐनमा राखिएको जानकारी दिनुभयो ।
आज काभ्रेको धुलिखेलमा भएको कार्यक्रममा उहाँले समावेशितालाई बाहिर राखेर कुनैपनि कानून बनाउन नसकिने बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिलेको कानूनले निर्वाचनको अधिकार नै प्रत्यायोजन गर्न नसक्ने अफ्ठ्यारो स्थिति रहेको बताउनुभयो । उहाँले छिमेकी देश भारतमा समेत स्थानीय तहको चुनाव प्रदेशले गराउने गरेको भन्दै नेपालमा पनि यो व्यवस्था गर्न सकिने उल्लेख गर्नुभयो ।
पालिकाको चुनाव प्रदेश सरकारले गराउनेबारेमा आयोगलाई कुनै आपत्ति नरहेको तर त्यसका लागि अहिलेको कानून फेर्नुपर्ने उहाँको भनाइ छ । उहाँले प्रत्यक्ष निर्वाचित र समानुपातिकबीच विभेद गर्न नहुनेमा पनि जोड दिनुभएको छ ।