
विदुर नगरपालिकाको आग्रहमा नुवाकोट आएको टोलीले आज मंगलबार उक्त क्षेत्रको नीरिक्षण तथा अबलोकनपछि मेयर राजन श्रेष्ठसहित जनप्रतिनिधिहरुसँग सामूहिक तस्बिर खिचाउँटै टोली , तस्बिर विदुर नरगरपालिकाको सचिवालय
विदुर । विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा रहेको बहुउद्देश्यीय कभर्ड हलसगैँ जुडो खेलको लागी आवश्यक भौतिक पूर्वाधार निर्माणमा जापानीज टोलीले सहयोग गर्ने भएको छ । विदुर नगरपालिकाको आग्रहमा नुवाकोट आएको टोलीले आज मंगलबार उक्त क्षेत्रको नीरिक्षण तथा अबलोकन समेत गरेको छ ।

मेयरको सचिवालयका अनुसार बहुउद्देश्यीय कभर्ड हलसगैँ जुडो खेलको लागी आवश्यक भौतिक पूर्वाधार निर्माणमा सहकार्य गर्न आएको जापानीज टोलीलाई विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ ,वडा नं .१० का अध्यक्ष गणेशकुमार नेपाल, ९ का अध्यक्ष हरेराम भण्डारी लगायतका जनप्रतिनिधि एवं स्थानीय सरोकारवालाहरुले बेत्रावतीमा स्वागत गरेका छन् ।
३० जनाको टिममा रहेको जापानिज टोलीले स्थानीय सरकारसँग सहकार्य एंव समन्वय गर्दै जुडो खेलको लागी पूर्वाधार निर्माण सहित खेल प्रर्बद्धनमा सहयोगको प्रतिबद्धता जनाएको विदुर नगरपालिकास्थित मेयरको सचिवालयले जनाएको छ ।

पछिल्लो समय मेयर श्रेष्ठको नेतृत्वमा नुवाकोट जिल्लामा रहेका पुरातात्विक तथा अन्य भौतिक संरचनाहरुको पुननिर्माणका तथा विस्तारका सहयोग पुग्दै गएको छ । जसले सिंगो नुवाकोटको विकासमा योगदान पुग्ने देखिन्छ । यस्ता पुराना भौतिक संरचनाहरुको संरक्षण हुँदा आर्थिक तथा बाह्य पर्यटक बढ्ने र विकास निर्माण सँगै रोजगारी सिर्जना हुने भएकाले नगरको यस्ता क्रियाकलापप्रति आम नगरबासी समेत उत्साहित भएको देखिन्छ ।