Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

समाजवादी ओखलढुङ्गाका अध्यक्ष वाग्ले कांग्रेसमा प्रवेश

नुवाकोट पुकार १० माघ २०८१, बिहीबार २०:३४

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाल समाजवादी पार्टी ओखलढुङ्गाका अध्यक्ष हंशराज वाग्लेलाई कांग्रेसमा प्रवेश गराउनु हुँदै ।

काठमाडौँ, नेपाल समाजवादी पार्टी ओखलढुङ्गाका संस्थापक अध्यक्ष हंशराज वाग्ले नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । वाग्लेलाई बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँकै निवास बुढानीलकण्ठमा स्वागत गर्नुभएको हो ।

सभापति देउवाले वाग्ले आफ्नै मूल घरमा फर्किएकोमा खुसी व्यक्त गर्दै विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै थप क्रियाशील भएर पार्टीको हितमा लाग्न वाग्लेलाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले वाग्लेको पार्टी प्रवेशले ओखलढुङ्गा कांग्रेसलाई थप बल पुग्ने बताउनुभयो ।

ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–९ का स्थानीय वाग्ले नेपाल वैदेशिक रोजगार व्यावसायी महासङ्घ पूर्व अध्यक्ष हुनुहुन्छ। समाजवादी पार्टी ओखलढुङ्गाको संस्थापक अध्यक्ष बन्नु अघि बाग्ले नेपाली कांग्रेस सम्बद्ध नेपाल वैदेशिक रोजगार लोकतान्त्रिक एसोसिएसनको पूर्व अध्यक्ष हुनुहुन्थ्यो ।

वाग्ले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला कार्य समितिको पूर्व सदस्य तथा नेपाली कांग्रेस ओखलढुङ्गाको क्षेत्रीय प्रतिनिधिमा दुई पटक निर्वाचितसमेत हुनुभएको थियो ।

समाजवादी पार्टी गठनसँगै कोशी प्रदेश समिति सदस्य चयन हुनुभएका वाग्ले समाजवादी पार्टी कोशी प्रदेशका इन्चार्जसमेत रहनुभएको थियो ।  

Continue Reading

Previous: थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा
Next: अमेरिकी डलरको भाउ बढ्यो,अरुको कति ?

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार