Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

डकुड्रामा  ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक, के होला कथा ?

नुवाकोट पुकार १४ माघ २०८१, सोमबार ११:०७

काठमाडौं – रिसर्चमा आधारित डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई विभिन्न फेस्टिवल, च्यारिटी शो तथा विशेष प्रदर्शनमार्फत दर्शकमाझ पुर्‍याउने तयारी गरिएको छ।

आज शनिबार सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य पात्र प्रार्थना पाठकलाई फिचर्ड गरिएको छ। चर्चित कलाकारहरू सरोज खनाल र हिउँवाला गौतम लगायतलाई भने लुकाइएको छ। पोस्टरसँगै फिल्मका मुख्य टिम सदस्यहरू पनि सार्वजनिक गरिएका छन्।

फिल्मका निर्देशक तथा निर्माता रामजी ज्ञवालीले आफ्नो अफिसियल फेसवुक पेजमार्फत भनेका छन्,– ‘मौन’ कुनै व्यावसायिक प्रोजेक्ट मात्र होइन, न त हलमा दर्शक तान्न अनावश्यक भ्रम छर्ने कुनै योजना। यो एउटा वास्तविक जीवनसँग जोडिएको कथा हो, जसले समाजलाई सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।’

फिल्मको कथा चर्चित निर्देशक रामशरण पाठकले लेखेका हुन्। सिनेमाटोग्राफी शंकल्प भुजेल, सहायक निर्देशन वसन्त अधिकारी तथा पोस्टर फोटोसुट कुवेर डंगोलको रहेको छ भने पोस्टर टौवा स्टुडियोमा निर्माण भएको हो ।

यस प्रोजेक्टमा बरिष्ठ कलाकार सरोज खनाल, हिउँवाला गौतम, नव कलाकारहरु प्रार्थना पाठक, ओजस्वी विक्रम विस्ट, दिवस नाथ लगायतका कलाकार रहेको जनाइएको छ । फिल्मका सहायक निर्माता हरी क्षेत्री भुपेन्द्र हुन्।

फिल्मको प्राविधिक पक्षमा भरत कंडेलले साउण्ड डिजाइनिङ, राजेन्द्र मोक्तानले कलर ग्रेडिङ र नहकुल खड्काले सम्पादनको जिम्मेवारी सम्हालिरहेका छन्।

फिल्मको आधिकारिक कथा नखुलाइए पनि निर्देशक ज्ञवालीका अनुसार, ‘मौन’ १ सय  ६८ मिलियनभन्दा बढी व्यक्तिहरूको यथार्थ कथामा आधारित छ। यस डकुड्रामालाई नेपालका विभिन्न स्कुल, कलेज तथा संघसंस्थाहरूमा विशेष शोमार्फत प्रदर्शन गरिने बताइएको छ। फिल्म चाँडै दर्शकमाझ आउने तयारीमा रहेको निर्माण टिमले जनाएको छ।

निर्माता तथा निर्देशक रामजी ज्ञवाली, एक दशक लामो पत्रकारिता यात्रा पश्चात् फिल्म निर्देशनमा प्रवेश गरेका हुन्। उनको प्रतिक्षित डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ १ बर्षअघि  तयार भई हाल विभिन्न फिल्म फेस्टिवलहरू तथा च्यारिटी शोहरूमा प्रदर्शन भइरहेको छ। त्यस्तै, उनको अर्को महत्त्वपूर्ण प्रोजेक्ट ‘मौन’लाई पनि अवार्ड, विशेष प्रदर्शन तथा च्यारिटी शोहरूमा सहभागिता गराउने योजना रहेको छ। निर्देशक ज्ञवालीले यसअघि ‘डार्कमुन,’ ‘लापत्ता सन्तान,’ ‘हनिमुन,’ ‘आराध्या,’ ‘लिलामी’ लगायतका चर्चित सर्ट फिल्महरूका साथै केही डकुमेन्ट्री तथा दर्जनौं म्युजिक भिडियो निर्देशन गरिसकेका छन्।

Continue Reading

Previous: रेशु स्याङ्दानको नयाँ गीत  ‘कसम’ सार्वजनिक
Next: गायक राजु परियारको आवाजमा ‘कल कल बगेको खोली बजार

सम्बन्धित समाचार

सुशीलाको तीज गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक

सुशीलाको तीज गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक

२१ असार २०८२, शनिबार १८:४२
क्यानडामा गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

क्यानडामा गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

७ असार २०८२, शनिबार १३:२०
मायाले हेरिदेउ भन्दै आइन् बबिना
1 min read

मायाले हेरिदेउ भन्दै आइन् बबिना

२३ जेष्ठ २०८२, बिहीबार १३:१४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार