
विदुर । नुवाकोट जिल्लाको क्षेत्र नं १को प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ निर्वाचित भएका छन्ल । तामाङले २३ हजार ६८३ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका बद्री मैनालीले २० हजार ९८२ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रद्युम्न महत क्षेत्रीले ५ हजार ९३८ मत ल्याउँदा राप्रपा सुदर्शन सिटौला १ हजार ४८० मत ल्याएका छन् । एमालेका बद्री मैनालीले सुरुवाती अग्रता कायम गरेपनि शिवपुरी र दुप्चेश्वरको मत गणना हुँदा तामाडंले अग्रता लिएका थिए । नेपाली कांग्रेस र माओवादीबीचको गठबन्धनका उम्मेदवार तामाड.सहित उक्त प्रदेशमा नेपाली कांग्रेसका रमेश महत र माओवादीका राधिका तामाड. प्रदेशसभामा विजयी भएका छन् ।