
काठमाडौँ — नेकपा माओवादी(केन्द्र)को भातृ संस्था अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । सापकोटाले ६ सय ८६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी हेमन्त राईले ६ सत १५ मत प्राप्त गरेका थिए । यस्तै अर्का उम्मेदवार उपदेशकुमार यादवले ३ सय १० र सुदिन पौडेलले १ सय ९२ मत ल्याएका छन् ।
नवनिर्वाचित अध्यक्ष सापकोटा अध्यक्ष पुष्पकमल दाहाल निकट अर्थात संस्थापन पक्षका हुन् । महासचिवमा रोशन थापा मगर विजयी भएका छन् । उनका प्रतिस्पर्धी सञ्जयकुमार महतो थिए । उपाध्यक्षहरूमा अटल आचार्य, मदन भट्टराई, दीपा जैसी, विराज थापा, ममता अधिकारी, अभिमन्यु यादव, कृष्ण सुनार, सन्दीप पुन र उमेश कँडेल विजयी भएका छन् ।
कोषाध्यक्षमा फूलमाया राना मगर विजयी भएकी छन् । महासचिव र कोषाध्यक्षमा निर्वाचित उम्मेदवार पार्टी उपमहासचिव जनार्दन शर्मा पक्षका हुन् । उपमहासचिवमा विपिन पोखरेल, गजेन्द्र यादव, निर्मला गौतम, भगवान बाँस्तोला, रेशम अधिकारी, प्रकाश अधिकारी, रामचन्द्र भट्ट, निरोज श्रेष्ठ र जटिल कार्की विजयी भएका छन् ।
सचिवहरूमा प्रेम जैसी, वीरेन्द्र जीसी, शिशिर बस्याल, सम्झना राई, तिर्सना आले मगर, समकृति पुन, आर्टिस्ट मोक्तान, आशा उपरकोटी, अमर मण्डल, जितेन्द्र भण्डारी र युन्छोहाङ मावो विजयी भएका छन् ।
अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । अखिल क्रान्तिकारीले ३२ वर्षे उमेर हद लगाएर यस पटक नेतृत्व छानेको हो । निकै विवादकाबिच सम्पन्न भएको महाधिवेशनमा विद्यार्थीहरुबीच हात हालाहालको अवस्था समेत बनेको थियो । यद्यपि नेताहरुले ्र
प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन भएकोमा खुशी व्यक्त गरेका छन् ।