Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कामरुदेवी माविका विद्यार्थीलाई विद्यालय पोशाक र स्टेशनरी सामाग्री वितरण

नुवाकोट पुकार १७ माघ २०८१, बिहीबार १९:५६

दुईपिपल । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ५ डबलीस्थित कामरुदेवी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक र स्टेशनरी सामाग्री वितरण गरिएको छ ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ नेपालको तर्फबाट आज विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये गरिब र जहेन्दार एक सय विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको सो संस्थाका संयोजक तथा लाइन सुदर्शन न्यौपानेले जानकारी दिए ।

आयोजकहरुका अनुसार विद्यालय पोशाकका लागि भने गैर आवासीय नेपाली संघ (एनआएन)का चीन अध्यक्ष तथा विद्यालयका पूर्व विद्यार्थी प्रदिप न्यौपानेले गरेका हुन् ।

यस्तै संस्थाले विद्यालयमा अध्ययनरत ४ सय विद्यार्थीलाई स्टेशनरी सामाग्री पनि वितरण गरेको छ । लामो समयदेखि समाजिक भावनाकासाथ सक्रिय अन्तराष्ट्यि स्तरको उक्त संस्थाले ग्रामिण स्तरका विद्यालयहरुमा यस्ता सहयोग गर्दै आएको कार्यक्रमका संयोजक न्यौपानेले जानकारी दिए ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ नेपालको सेकेण्ड भाइस गभर्नर सुर्य कुमार केसीको प्रमुख आतिथ्यातमा भएको कार्यक्रममा विद्यालयमा आयोजित कार्यक्रममा बेलकोटगढी वडा नं ५ का वडा अध्यक्ष मदन भुजेल,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बच्चुराम लामिछाने, बेलकोटगढी नगरपालिका वडा नं ५ का वडा सदस्य तथा युवा समाजसेवी गोकर्ण नेपाल, विद्यालयका प्रधानाध्यापक सावित्री अर्याल, विद्यालयका सहायक प्रधानाध्यापक नारायण दाहाल, नेकपा माओवादीका नेता नायारण नेपाल,नेपाल विद्यार्थी संघका नेता रविन दाहाल ,वडा सदस्य अनुराधा श्रेष्ठ, कांग्रेस नेता भिमनारायण श्रेष्ठ,लाइन्स काठमाडौंका प्रतिनिधिहरुसहितका व्यक्तित्वहरुको सहभागिातमा भएको कार्यक्रमा विद्यालयका अध्यक्ष लामिछानेले संस्थाको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

बेलकोटगढीको पुरानो विद्यालयको रुपमा रहेको कामरुदेवि माविमा कक्षा १२ सम्म करिब ५ सय विद्यार्थी अध्ययनरत रहेका छन् । संस्थाको तर्फबाट संयोजक लाइन न्यौपानेले आफुले अध्ययन गरेको आफ्नो गाउँको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै विद्यालयालई गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा आफूहरुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Continue Reading

Previous: माओवादीले अध्यादेश अस्वीकार प्रस्ताव गर्ने
Next: संकटाले जित्यो सभापति कप फुटबलको उपाधि

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार