Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

बागमती प्रदेशसभा बैठक पनि आज बस्दै

नुवाकोट पुकार १८ माघ २०८१, शुक्रबार ०९:४९

मकवानपुर। बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज शुक्रबारबाट सुरु हुँदैछ। प्रदेश सरकारको सिफारिसमा चार महिनापछि प्रदेशसभाको १५औं अधिवेशन बैठक आज बस्न लागेको हो।

प्रदेशसभाको १५औं अधिवेशनको पहिलो बैठकमा शुभकामना सन्देश मात्र दिने कार्यसूचि तय गरिएको छ। बिहीबार साँझ बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकको कार्यसूचिमा दलीय शुभकामना सन्देश मात्र दिनु पर्ने निर्णय गरेको हो।

सदनमा दलगत रुपमा नेताहरुले शुभकामना सन्देश र प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरूको बारेमा जानकारी गराउने कार्यसूचि निर्धारण भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो। उहाँका अनुसार, शुक्रवार प्रदेशसभा स्थापना दिवस भएकाले मन्तव्यको कार्यसूचिपछि बैठक स्थगित गरिने छ।

बैठकको पछि हाउसका गतिविधि र कार्यसूचिका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच छलफलपछि निर्णय गरिने उहाँले बताउनुभयो।

विधेयक पेश नहुने
आजको बैठकमा विधेयक पेश नहुने भएको छ। सत्तापक्ष र प्रतिपक्ष बीच छलफल नभएको कारण हिजोको कार्यव्यवस्था बैठकमा विधेयक पेश गर्ने विषयमा सहमति बन्न सकेको छैन।

सत्तापक्ष दल नेपाली कांग्रेसका बागमती प्रदेशका मुख्य सचेतक गोविन्द लम्सालले शुक्रबार प्रदेशसभा खुलाएर मन्तव्यको कार्यसूचि तय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, सत्तापक्षले छलफल प्रारम्भ गरी प्रतिपक्षको माग सम्बोधन गरेर बैठक अघि बढाउने बताउनुभयो। माघ २३ गतेबाट नियमित रूपमा प्रदेशसभा बैठक सञ्चालनको वातावरण तयार गरिने उहाँले विश्वास व्यक्त गर्नुभयो।

प्रतिपक्षको आपत्ति
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले शुक्रबारको बैठकमा शुभकामना सन्देश बाहेक कार्यसूचि अघि नबढ्ने जनाएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा विधेयक पेश गर्ने र छलफल गर्ने प्रस्ताव आएपनि विपक्षी दलहरूले त्यसलाई अघि बढाउन नसकिने तर्क गरेका थिए।

माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभा स्थापना दिवस भएकाले शुभकामना सन्देश बाहेक अन्य कार्ययोजना अघि नबढ्ने बताउनुभयो। उहाँका अनुसार, विधेयक पेश र अन्य प्रस्तावहरू कार्यव्यवस्था बैठकमा आएका थिए, तर सरकारले प्रतिपक्षी दलसँगको सहमति कार्यान्वयन गर्न नसकेको कारण प्रदेशसभाका अन्य गतिविधि अघि बढ्न सक्दैन।

सदनमा दलगत रुपमा नेताहरुले मन्तव्य राखेपछि प्रदेशसभाको थप कारवाही स्थगित गरिने जानकारी माओवादी केन्द्रका नेता ढकालले दिनुभयाे ।

Continue Reading

Previous: संसद् अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्नुहुने
Next: पार्टी भत्काउने खुद्रे कुरा सरकारको ‘मेन्यु’मा छैन : प्रधानमन्त्री ओली(सम्बोधनको पूर्ण पाठसहित)

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार