Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

चर्चित गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

नुवाकोट पुकार १८ माघ २०८१, शुक्रबार १७:१७

काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटासँग अंश दाबी नगर्ने गरी एलिनाले वारेसमार्फत शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गराएकी हुन् ।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, उनले पति विष्णुसँग अंश र मानाचामलको हकदाबी गरेकी छैनन् ।

एलिना झापाकी हुन् । उनले ०८१ वैशाख १ मा बागलुङका विष्णुसँग विवाह गरेकी थिइन् । विष्णु अस्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका छन् ।

फिरादपत्रमा एलिनाले आफूले कार्यक्रममा सहभागी हुन जाँदा विष्णुले शंका गर्ने गरेको उल्लेख गरेकी छन् । “कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्‍याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो, त्यस्तैमा तीन महिनाको बसाइपछि म नेपाल फर्किएँ,” उनले भनेकी छन् ।

उनले अगाडि भनेकी छन्, “नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने देखी म फिरादी र विपक्षी पति बीच भावनात्मकरूपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजीरूपमा मात्र रहेको पति पत्नीको सम्बन्धमा रहन् बस्नुभन्दा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ९५(ग) का आधारमा सम्बन्धविच्छेद गरी स्वतन्त्र भई आआफ्नो जीवन बिताउन श्रेयष्कर लागेकाले निज विपक्षीबाट अंश तथा मान चामल नलिने गरी यो फिरादपत्र लिई सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु । विपक्षीलाई यस सम्मानित अदालतमा झिकाई जे जो प्रमाण बुझ्नुपर्छ बुझी हामीबीच कायम रहेको पतिपत्नीको नाता सम्बन्धविच्छेद गराई पाऊँ ।”

Continue Reading

Previous: चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन
Next: उपसभापति वाग्लेद्वारा संसदीय छानबिन समिति गठन गर्न माग

सम्बन्धित समाचार

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७

छुटाउनु भयो कि ?

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७
बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

२६ असार २०८२, बिहीबार ०८:००

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार