Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन

नुवाकोट पुकार १८ माघ २०८१, शुक्रबार १६:४२

सन्जिब दुलाल

भक्तपुर । चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उप प्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रको अवलोकन गर्नुभएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ४ सम्म उहाँहरूका साथमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, पूर्व सचिव मनि राम गेलाल, काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकाल, नायव आयुक्त नवराज प्याकुरेल लगायत वडा अध्यक्षहरू तथा सरोकारवालाहरूले चाँगुनारायण क्षेत्रको अवलोकन गर्नुभएको हो ।

चाँगुनारायण नगरपालिकालाई एक उच्च स्तरीय नगर बनाउनको लागि उहाँहरूले अवलोकन गर्नुभएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिनुभएको छ ।

चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्र स्मार्ट सिटीका नाममा लामो समय देखि जग्गा रोक्का भएर पनि काम थालनी नभएको भन्दै गुनासो आउन थालेपछि अर्थ तथा सहरी विकास मन्त्री स्वयम चाँगुनारायणको अवलोकनमा निस्कनु भएको हो ।

उहाँहरूले चाँगुनारायण नगरपालिकाका वडा नम्बर १ दुवाकोटबाट वडा नम्बर २ अनि वडा नम्बर ३ झौखेल र चार नम्बर वडाका चाँगु क्षेत्रको अवलोकन गर्दै चाँगुनारायण मन्दिरको दर्शन गर्नुभएको थियो ।

चाँगुनारायण नगरपालिका अन्तर्गत ३५ हजार रोपनी जग्गामा स्मार्ट सिटी निर्माणका लागि कार्य अगाडी बढाइने अर्थ तथा सहरी विकास मन्त्रीले बताउनुभएको नगर प्रमुख जीवन खत्रीले बताउनुभयो । उहाँका अनुसार लामो समय देखि जग्गा रोक्का हुँदा समस्या आएको र यसको निराकरण भनेको केवल स्मार्ट सिटीलाई कार्यान्वयनको बाटो मात्र भएका कारण मन्त्रीहरूको टोली सहित नगरपालिका क्षेत्रको अवलोकन भएको उहाँले जानकारी दिनुभयो ।

चाँगुनारायण नगरपालिका क्षेत्रमा स्मार्ट सिटी कार्यान्वयन नहुँदा यहाँका जनताले विभिन्न समस्या झेल्नुपरेको तथा यसको कार्यान्वयन छिटो भन्दा छिटो गराउनु आवश्यक भएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभयो ।

अर्थ तथा सहरी विकास मन्त्रीका साथमा उपत्यका विकास प्राधिकरणका पदाधिकारी तथा नगरका सरोकारवालाहरू बिचमा भएको उक्त अवलोकनबाट छिटो भन्दा छिटो स्मार्ट सिटी कार्यान्वयनको अवस्थामा आउनेमा आफू विस्वत भएको उहाँले बताउनुभयो ।

स्मार्ट सिटी अन्तर्गत कहाँ अस्पताल बन्ने कहाँ खेल मैदान बन्ने तथा यहाँको विकासमा के कति लागत लाग्छ साथै स्मार्ट सिटी कार्यान्वयन गर्दा यहाँ भएका बस्ती तथा विकासका मोडललाई कसरी आत्मसाथ गर्दै लैजाने भन्ने विषयमा छलफल तथा अवलोकन भएको उहाँले जानकारी दिनुभयो ।

मन्त्रीहरूका साथमा भएको उक्त अवलोकनबाट चाँगुनारायण बासीमा स्मार्ट सिटीको परिकल्पना पुरा हुने आशा जागेको छ ।

Continue Reading

Previous: प्रधानमन्त्रीलाई राजेन्द्र लिङ्देनको प्रश्न : सहकारी ठगीमा तपाईंको पार्टीको मान्छेले एक दिनपनि हिरासत बस्न नपर्ने ?
Next: चर्चित गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार