
विनिता डंगोल
काठमाडौंको नागार्जुन–७, दहचोक, काठमाडौंमा रहेको बद्रिनारायण मन्दिरको आगामी वैशामा प्राणप्रतिष्ठा गरिने भएको छ । नेपाली शिल्पकला र पुरातात्विक शैलीको मौलिक रूपमा स्थापित गरिएको उक्त मन्दिरको आगामी वैशाख २६ गते पण्डित दिनबन्धु पोखरलेबाट गरिने बताइएको छ ।
श्रीविग्रह (मूर्ति) को जनजनमा औपचारिक दर्शन तथा भगवानमा प्राण जगाउने योजनाका साथ आगामी वि.सं.२०८२ वैशाख २६ गते विहान ९ बजेर २ मिनेट जाँदाको समयमा प्राणप्रतिष्ठाको शुभसाइत रहेको र उक्त समयलाई केन्द्रमा राखेर मिति २०८२ वैशाख १९ देखि २७ गतेसम्म ९ दिवसीय प्राण प्रतिष्ठा महानुष्ठान गर्ने कार्यको आयोजना रहेको बताइएको छ ।
माधव नायारणको पृष्ठभूमि
वैदिक षड्दर्शनको उद्भव भूमि नेपाल विश्व आध्यात्मिक गुरु राष्ट्र हो, यहाँ ॐकार परिवार बौद्ध तथा किरात दर्शनको उत्पति भई ध्यान एवं प्रकृति पूजनको आरम्भ भएको हो ।
प्रागैतिहासिक पृष्ठभूमिलाई नियाल्दा जीव, जगत र परमात्माको गहन अभ्यास र समग्र मानव जगतलाई आध्यात्मिक शान्ति एवं आनन्द तथा भौतिक सम्बृद्धिको प्रयोग हाम्रा ऋषिमूनिले यही भूमिबाट गरेका हुन् ‘वयं राष्ट्रे जागृयाम पुरोहिताः’ भन्ने वैदिक मान्यतालाई मुखरितका साथ स्वराष्ट्र, स्वधर्म एवं स्वदर्शनको विश्वव्यापी प्रचार प्रवाह गर्दै जनजनमा प्रेम र सद्भावना जागृत गर्ने मूलभूत सिद्धान्तलाई अवलम्बन गरी कार्यलाई गति प्रदान गर्न यो राष्ट्रको सेवामा अनवरत समर्पित आध्यात्मिक धर्म व्याख्यान वाचस्पति श्रद्धेय नेपालका पहिलो धार्मिक सहिद वाचन शिरोमणि पं। नारायणप्रसाद पोखरेलज्यूको नाममा २०६४ साल आश्विन २३ गते स्थापित नारायण पोखरेल प्रतिष्ठान यहाँहरूको सद्भाव, सदासयता एवं प्रेमले दैनन्दिन क्रियाशिल हुँदै आएको छ । उहाँको कीर्तित्व तथा व्यक्तित्वको उजागर सँगसँगै जनजनमा आध्यात्मिक नवचेतनाको प्रवाह र मातृभूमिको सम्मान तथा अगाध श्रद्धा जगाउन यो संस्था अद्योपान्त समर्पित भएर लागिरहेको छ ।
‘महाजनो येन गतः स पन्था’ — जसको तात्पर्य महान जनको मार्गलाई अनुशीलन गर्नुपर्दछ भन्ने उद्गारलाई चरितार्थ गर्दै विश्वव्यापी रूपमा यो भूमिको गरिमा उँचो गर्नु र यसको महत्व चीरकालसम्म पुस्तौंपुस्ता हस्तान्तरण गर्नु यो संस्थाको मुख्य दायित्व भन्ने सम्झेर नेपाली आस्था, श्रद्धा एवं भक्ति भाव जगाइ राख्न परमादरणीय गुरुदेव वाचनप्रवीण पं.दीनबन्धु पोखरेलज्यूको नेतृत्व तथा सत्संकल्पमा हामीले नारायण आध्यात्मिक केन्द्रको संकल्प ग¥यौं ।
जसमा साधनायुक्त भाव प्रगाढ होस् भन्ने ध्येय सहित सदियौंदेखि चारधामको नाममा रहिरहेको आस्थालाई अझै सबलीकृत गर्न बद्रिनारायण धामको परिकल्पना गरी संस्था यहाँसम्म आइपुगेको छ । साविक रामकोट गाविस हाल नागार्जुन–७, दहचोक, काठमाडौंमा रहेको यो पवित्र भूमिमा नेपाली शिल्पकला र पुरातात्विक शैलीको मौलिक रूपमा बद्रिनारायण मन्दिर स्थापित गरिएको छ । यस निःस्वार्थ एवं सार्थक प्रयासले राष्ट्रको वहुआयामिक टेवामा उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास रहेको छ ।
‘संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्।।।’ भन्ने वैदिक उद्गारलाई व्यवाहरतः प्रकट गर्न सबैको साथ, सद्भाव र प्रेमको हार्दिक अभिलाषा लिइएको छ । यो निष्कपट, निश्चल एवं उदात्त भावनाले ओतप्रोत मान्यतालाई थप सुदृढिकरण गर्न र बद्रिनारायण धामको नेपाली मौलिक स्वरूपलाई यहाँहरूले स्वीकार गरी जनजनमा प्रचार प्रवाह गर्नुहुनेछ भन्ने कुरामा प्रतिष्ठान विश्वस्त छ । श्रीविग्रह (मूर्ति) को जनजनमा औपचारिक दर्शन तथा भगवानमा प्राण जगाउने योजनाका साथ आगामी वि.सं.२०८२ वैशाख २६ गते विहान ९ बजेर २ मिनेट जाँदाको समयमा प्राणप्रतिष्ठाको शुभसाइत रहेको र उक्त समयलाई केन्द्रमा राखेर मिति २०८२ वैशाख १९ देखि २७ गतेसम्म ९ दिवसीय प्राण प्रतिष्ठा महानुष्ठान गर्ने कार्यको आयोजना हुँदैछ ।
बद्रिनारायणको शास्त्रीय महत्व
बदरीनारायण शब्दमा बदरी र नारायण दुई शब्दको समिश्रण रहेको छ । पदावलीमा अर्थ खोज्दा बदरीको अर्थ बयर भन्ने फलको वृक्ष भन्ने एकातिर बुझिन्छ भने अर्को गहन अर्थमा यसको सन्देश ज्ञान भन्ने बुझिन्छ । त्यस्तै नारायणको अर्थ नारा भनेको पानी र अयन भनेको निवास अर्थात पानीमा बस्ने भन्ने बुझिन्छ । त्यही भएर भगवानलाई क्षिरसागर समुद्रमा निवास गर्ने भन्ने शास्त्रीय मतानुसार लोकमा प्रसिद्धि रहेको छ । यस विषयमा दृष्टिगोचर गर्दा ज्ञानमा स्थित तरल स्वरूप भन्ने बुझ्नुपर्दछ ।
अर्को भाषामा भन्नु पर्दा नार भनेको जीव र अयन भनेको प्रवर्तक भन्ने बुझिन्छ जसको अर्थ जीवको सृष्टिकर्ता, संरक्षक एवं अधिष्ठाता भन्ने अर्थमा बुझ्नु पर्दछ । त्यसैले ज्ञान स्वरुप सृष्टिको संरक्षक र प्राणीमात्रको कल्याणदाता नै बद्रिनारायणको सार्थक भाव हो । सृष्टिको संरक्षक र समस्त जीवको पालना कर्ताको दर्शनले मात्र पनि मन आह्लादित भएर कैवल्यको द्वार खुल्दछ भन्ने विषयमा वैदिक मत छ । शास्त्रीय मतले बदरीनारायणको माहात्म्यलाई यसरी दर्शाएको पाइन्छस
धन्याः कलियुगे घोरे ये नरा बदरीं गताः ।
तत्र ब्रह्मादयो देवा हरिभक्तिरताः प्रिये ।।
निवसन्ति स्थले रम्ये नाना तीर्थ विराजिते ।
धन्यः स एव लोकेषु योगच्छेद् बदरींनरः ।।
यो कलियुगमा त्यो मनुष्य धन्य हुन्छ जो बदरीनारायण धाम जान्छ ।
बदरीवासिनो लोका विष्णुतुल्या न संशयः ।
तेषां दर्शनमात्रेण पापराशिः प्रणश्यति ।।
बदरीनारायण धाम नजिक निवास गर्ने विष्णुतुल्य हुन्, जसको दर्शनमात्रले पनि सबै पाप नाश हुनेछ । यसरी शास्त्रीय भावानुसार बदरीनारायणको अद्वितीय एवं अद्भुत महत्व रहेको छ जसको दर्शनले इहलोक एवं परलोक दुवै धन्य हुन जान्छ ।
प्राण प्रतिष्ठाको उद्देश्य
१। तीर्थमयी नेपालभूमिको गरिमा उँचो गर्दै यस क्षेत्रको प्रागैतिहासिक तथा पौराणिक महत्व दर्शाउन ।
२। धार्मिक पर्यटनको माध्यमद्वारा समग्र राष्ट्रलाई आर्थिक रूपमा टेवा प्रदान गर्न ।
३। विशेषतः बौद्ध दर्शनमा महत्वपूर्ण संज्ञाले सुशोभित आर्य नागार्जुनको नामले प्रसिद्धि कमाएको यस नगरीलाई आध्यात्मिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ।
प्रेमको हार्दिक अभिलाषा लिइएको छ । यो निष्कपट, निश्चल एवं उदात्त भावनाले ओतप्रोत मान्यतालाई थप सुदृढिकरण गर्न र बद्रिनारायण धामको नेपाली मौलिक स्वरूपलाई यहाँहरूले स्वीकार गरी जनजनमा प्रचार प्रवाह गर्नुहुनेछ भन्ने कुरामा प्रतिष्ठान विश्वस्त छ । श्रीविग्रह ९मूर्ति० को जनजनमा औपचारिक दर्शन तथा भगवानमा प्राण जगाउने योजनाका साथ आगामी वि।सं। २०८२ वैशाख २६ गते विहान ९ बजेर २ मिनेट जाँदाको समयमा प्राणप्रतिष्ठाको शुभसाइत रहेको र उक्त समयलाई केन्द्रमा राखेर मिति २०८२ वैशाख १९ देखि २७ गतेसम्म ९ दिवसीय प्राण प्रतिष्ठा महानुष्ठान गर्ने कार्यको आयोजना हुँदैछ ।
बद्रिनारायणको शास्त्रीय महत्व
बदरीनारायण शब्दमा बदरी र नारायण दुई शब्दको समिश्रण रहेको छ । पदावलीमा अर्थ खोज्दा बदरीको अर्थ बयर भन्ने फलको वृक्ष भन्ने एकातिर बुझिन्छ भने अर्को गहन अर्थमा यसको सन्देश ज्ञान भन्ने बुझिन्छ । त्यस्तै नारायणको अर्थ नारा भनेको पानी र अयन भनेको निवास अर्थात पानीमा बस्ने भन्ने बुझिन्छ । त्यही भएर भगवानलाई क्षिरसागर समुद्रमा निवास गर्ने भन्ने शास्त्रीय मतानुसार लोकमा प्रसिद्धि रहेको छ । यस विषयमा दृष्टिगोचर गर्दा ज्ञानमा स्थित ९तरल० स्वरूप भन्ने बुझ्नुपर्दछ । अर्को भाषामा भन्नु पर्दा नार भनेको जीव र अयन भनेको प्रवर्तक भन्ने बुझिन्छ जसको अर्थ जीवको सृष्टिकर्ता, संरक्षक एवं अधिष्ठाता भन्ने अर्थमा बुझ्नु पर्दछ । त्यसैले ज्ञान स्वरुप सृष्टिको संरक्षक र प्राणीमात्रको कल्याणदाता नै बद्रिनारायणको सार्थक भाव हो । सृष्टिको संरक्षक र समस्त जीवको पालना कर्ताको दर्शनले मात्र पनि मन आह्लादित भएर कैवल्यको द्वार खुल्दछ भन्ने विषयमा वैदिक मत छ । शास्त्रीय मतले बदरीनारायणको माहात्म्यलाई यसरी दर्शाएको पाइन्छस
धन्याः कलियुगे घोरे ये नरा बदरीं गताः ।
तत्र ब्रह्मादयो देवा हरिभक्तिरताः प्रिये ।।
निवसन्ति स्थले रम्ये नाना तीर्थ विराजिते ।
धन्यः स एव लोकेषु योगच्छेद् बदरींनरः ।।
यो कलियुगमा त्यो मनुष्य धन्य हुन्छ जो बदरीनारायण धाम जान्छ ।
बदरीवासिनो लोका विष्णुतुल्या न संशयः ।
तेषां दर्शनमात्रेण पापराशिः प्रणश्यति ।।
बदरीनारायण धाम नजिक निवास गर्ने विष्णुतुल्य हुन्, जसको दर्शनमात्रले पनि सबै पाप नाश हुनेछ । यसरी शास्त्रीय भावानुसार बदरीनारायणको अद्वितीय एवं अद्भुत महत्व रहेको छ जसको दर्शनले इहलोक एवं परलोक दुवै धन्य हुन जान्छ ।
प्राण प्रतिष्ठाको उद्देश्य
१। तीर्थमयी नेपालभूमिको गरिमा उँचो गर्दै यस क्षेत्रको प्रागैतिहासिक
ल्ब्च्ब्थ्ब्ल् एइप्ज्च्भ्ी एच्ब्त्क्ष्क्त्ज्ब्ल् द्यब्म्च्क्ष्ल्ब्च्ब्थ्ब्ल्
– रू। १ देखि रू। १,००० सम्म दान पेटिकामा राखिने ।
– रू। १,००१ देखि रू। ३,००० सम्म दान गर्ने दातालाई रसिद प्रदान गरिने ।
– रू। ३,००१ देखि रू। ५,००० सम्म दान गर्ने दाताको नाम, थर,
वतन उच्चारण गरी सम्मान गरिने ।
– रू। ५,००१ देखि रू। १०,००० सम्म दान गर्ने दातालाई सम्मान–पत्र दिई सम्मान गर्दै यज्ञान्त स्मारिकामा नाम समाविष्ट गरिने ।
– रू। १०,००१ देखि रू। १५,००० सम्म दान गर्ने दातालाई माथि उल्लेखित सम्मान सहित विशेष सम्मानपत्र र बद्रिनारायणको तस्बीर प्रदान गरिने ।
– रू। १६,१०८ दान गर्ने दाता बद्रिनारायण प्राण प्रतिष्ठाको कर्ताको रूपमा रहनुहुनेछ, जसको नाम एवं गोत्रोच्चारण गरी एक दिनको हवन, ग्रहशान्ति आदि वैदिक कर्ममा समाविष्ट गरिनेछ ।
– रू। २५,००१ देखि रू। ५०,००० सम्म दान गर्ने एक जनादाताको नाम शिलालेखमा उल्लेख गर्नुका साथै दाताले चाहेमा यज्ञ अवधि भर दैनिकरूपमा हवनमा सहभागी गराउने ।
– रू। ५०,००१ देखि रू। १,००,००० सम्म दान गर्ने दान दातालाई धाममा दम्पतीको शिलालेख र प्राण–प्रतिष्ठा अवधिभर दाताले इच्छयाएको पितृका नाममा उद्वारार्थ वैदिक कर्म गरिने ।
– रू। १,००,००१ देखि रू। २,००,००० सम्म दान गर्ने दाताको तीनपुस्ते शिलालेख र माथि उल्लेखित सबै सम्मान सहित दाताको ग्रहशान्ति सहित वैदिक कर्म गरिने ।
– रू। २,००,००१ देखि रू। ३,००,००० सम्म दान गर्ने दातालाई माथि उल्लेखित सबै सम्मान सहित छुट्टै स्तम्भमा नाम
लेखन गरी सम्मान गरिने ।
– रू। ३,००,००१ देखि रू। ५,००,००० सम्म दान गर्ने दाताको
पारिवारिक विवरण सहित सामूहिक भन्दा पृथक ताम्र लेखन गरी सम्मान गरिने, धाममा दाताको जन्मोत्सवमा वैदिक कर्म र
स्वर्गारोहण पश्चात पनि विशेष समारोह गरी सम्मान गरिने ।
– रू। ५,००,००१ देखि रू। ११,११,१११ सम्म दान गर्ने दातालाई पृथक पारिवारिक विवरण सहितको ताम्र लेखन गरी दाताद्वारा इच्छ्याइएको विशेष पूजा सहित सम्मान गरिने ।
– रू। ११,११,१११ देखि रू। २५ लाखसम्म दान गर्ने दातालाई माथि
उल्लेखित सम्मान सहित दाताले चाहेमा एक कक्षमा दाताको
नाम राखी सम्मान गरिने ।
– रू। २५ लाखदेखि रू। ५० लाखसम्म प्रदान गर्ने दान दातालाई बन्दै गरेको अतिथि कक्षको नाम नै दाताको नामद्वारा नामांकित गरी सम्मान गरिने ।
– रू। ५० लाखदेखि रू। १ करोडसम्म दान गर्ने दाताको नाम एउटा फ्ल्याटमा नामांकित गरी सम्मान गरिने ।
– रू। १ करोडदेखि माथि दान गर्ने दातालाई परम्दानवीर पदवीले विभूषित गरी एउटा ब्लकको नाम या बद्रिनारायण मन्दिरको भित्री कक्ष नै दाताको नाममा नामांकित गरी सम्मान गरिने ।
कार्यक्रम तालिका
१९ गते विहान ८ः३० बजे शोभा कलश तथा श्रीविग्रहको प्रतिमूर्तिको रथयात्रा, दिनको १२ः३० बजे समुद्घाटन समारोह, पूर्वाङ्ग, साँझ ७ः०० बजे श्रृंगारिक महाआरती सहितको भजन सन्ध्या, मूर्ति प्राण प्रतिष्ठाका प्राथमिक ९जलाधिवास सहितका कार्य० तथा अन्य वैदिक कार्य प्रारम्भ ।
२० गतेदेखि २५ गतेसम्म ः विहान ७ बजेदेखि ११ बजेसम्म रुद्राभिषेक, श्रीमद्भागवत पाठपारायण, विष्णु सुक्त, गायत्री जप, गीता, सप्तशती,विष्णुसहस्रनाम, वेद पाठ, विशेष हवन, विहान ११ः३० बजेदेखि साँझ ५ः३० बजे सम्म विशेष भक्तिमयी प्रवचन, साँझ ७ः०० बजे श्रृंगारिक महाआरती तथा भजन सन्ध्या सहित हरेक दिन प्राण–प्रतिष्ठाको छुट्टाछुट्टै वैदिक कार्य ।
२६ गतेः प्राण–प्रतिष्ठा सम्पन्न, प्रवचन, अतिथि सम्मान ।
२७ गतेः हवन, पूर्णाहुति, दाता सम्मान एवं समापन समारोह ।
यी लगायत तुलादान, भूमिदान, अन्नदान, जलदान, जिन्सी दान, गौदान, शैय्यादान, ग्रहशान्ति, रुद्राभिषेक, चौरासी पूजा, व्रतबन्ध, चूडाकर्म, गुन्यूचोली, वेल विवाह, नौ दिनसम्म दाताद्वारा भोजन÷प्रसाद प्रदान गरिने व्यवस्था समेत गरिएको छ ।
नोट ः धाम सञ्चालन अभियान अन्तर्गत बद्रिनारायण अक्षय कोषको दान पनि गर्न सक्ने व्यवस्था रहेको छ, जसमा दाताले इच्छ्याएको व्यक्तिको नाममा बद्रिनारायण अक्षयकोष रहनेछ ।
भावी लक्ष्य
वैदिक संस्कारयुक्त समाज निर्माणका खातिर निर्माणाधीन नारायण आध्यात्मिक केन्द्रका माध्यमद्वारा नेपाल विश्वको ज्ञान गुरु राष्ट्र हो भन्ने विषयलाई प्रखर रूपमा अगाडि बढाइने छ । बद्रिनारायण मन्दिरका अलावा स्वदेश तथा विदेशका अध्यात्मानुरागी भक्त सज्जनलाई यससँग जोडेर नेपालको प्रागैतिहासिक एवं आध्यात्मिक विरासतलाई विश्व समुदायमा उजागर गर्न हामी यो सतत् प्रयासमा लागीपरिरहने छौं ।
राष्ट्रिय अन्तराष्ट्रिय स्तरको आध्यात्मिक सेमिनार, गोष्ठी तथा शास्त्रार्थ कर्मद्वारा सनातन पद्धतिको पुनर्जागरणमा हामी समर्पित हुनेछौं । यसलाई टेवा प्रदान गर्न विभिन्न भौतिक अवयव ९संरचना० को निर्माण गर्दै यो महाअभियानलाई प्रखर रुपमा अगाडि बढाउने हाम्रो संकल्प छ । विशेषतः भावी पिंढीलाई यो भूमिको गरिमा कायम राख्न त्यसतर्फ परिलक्षित गर्ने कार्य यो आध्यात्मिक केन्द्रबाट हुनेछ । समादरणीय भक्तसज्जन १ यहाँहरु सँग निरन्तर जोडिएर यो भगिरथ प्रयत्न विश्वव्यापी गर्न हामी दत्तचित्त भएर लागिरहनेछौं ।
कुराकानीमा आधारित