
कञ्चनपुर । नेपाली कांगेसका नगर सभापति मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगरपालिकाका नगर सभापति अच्युत कलौनी शनिबार बिहान मृत भेटिएका हुन् ।
कलौनी भीमदत्त नगरपालिकाको १८ को वडा कार्यालयबाट सय मिटर पश्चिमतिर सडक पेटीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरी कार्याललयका एसपी चक्रराज जोशीलेका अनुसार ‘शरीरमा घाउ चोट केही पनि नभएकाले घटनाका विषयमा अनुसन्धान भैरहेको छ । कलौनीको घर पनि सोही क्षेत्रमा हो । उनको घर घटनास्थलबाट ५ सय मिटरको दुरीमा छ ।