
नुवाकोट । नुवाकोट जिल्लाको पुरानो सामूदायिक क्याम्पस नुवाकोट आर्दश बहुमुखी क्याम्पसको अध्यक्षमा पुन ः श्रीराम श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिवार भएको क्याम्पसको १० औ क्याम्पस सभा तथा दोस्रो अधिवेशनले पुन अध्यक्षमा श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो ।
अध्यक्ष पदको लागि एक जनाको मात्र उम्मेदवारी परेको कारण अध्यक्षमा श्रेष्ठ विजयी भएको निर्वाचन अधिकृत सुकुमान डंगोलले जानकारी दिनुभयो । अध्यक्षसहित एक महिला सदस्य समेत निर्विरोध निर्वाचित भएका छन् । अन्य पदमा भने सहमतिको प्रयास जारी रहेको छ ।
नुवाकोट जिल्लामा रहेर सामाजिक तथा साहित्यिक क्षेत्रमा सक्रिय श्रेष्ठको यो दोस्रो कार्यकाल हो । अध्यक्ष श्रेष्ठको प्रयासमा क्याम्पसलाई थप उचाईमा पुर्याउन सफल हुने विश्वास व्यक्त गरिएको छ । नुवाकोट बट्टारका स्थायी बासिन्दाका रुपमा श्रेष्ठ कलेजका पूर्व विद्यार्थी, स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष समेतको भूमिकामा क्याम्सपको विकासमा सक्रिय रहँदै आउनु भएको छ ।
यसैबीच क्याम्पस सभा स्थगित गर्ने प्रयासमा रहेका कलेजका संस्थापक अध्यक्ष बसन्तलाल श्रेष्ठको प्रयास भने असफल भएको छ । श्रेष्ठले जिल्ला प्रसाशन कार्यालय नुवाकोटमा दिएको निवेदन सुनुवाई नभएपछिकलेजले पूर्व निर्धाति तालिका अनुसार नै क्याम्पस सभा आयोजना गरेको छ । क्याम्पस सभाको क्याम्पससभाको उद्घाटन बागमती प्रदेशसभा सदस्य रमेश महतले गर्नुभएको थियो । उहाँले नुवाकोट जिल्लामो पुरानो क्याम्पस भएकाले यसको महत्व धेरै रहेको भन्दै यसालई अझ स्तरिय बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महतले महतले नुवाकोटको जिल्लाको पुरानो क्याम्पस भएकाले यसको विकासका लागि सबैले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।यस्तै विशेष अतिति प्रतिनिधिसभा सदस्य सिता मिजारले जिल्लाको पुरानो क्याम्सप भएकाले यसको गुणस्तरीयतालाई अझ उचाईमा लैजानुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति राजू थापा मोहन खड्का, बद्रीप्रसाद त्रिपाठी,सुर्य कँडेल,पूर्व क्याम्पस प्रमुख रामेश्वर उपाध्यायलगायतका व्यक्तित्वहरुले क्याम्पसलाई व्यवस्थित र पारदर्शी रुपमा अघि बढाउनुपर्नेमा सुझाव दिनुभएको थियो ।
सो अवसरमा क्याम्पस प्रमुख नारायणमान डंगोलले क्याम्पसका आर्थिक गतिविधिका विषयमा सभामा जानकारी गराउनु भएको थियो । नुवाकोट जिल्लाको पहिलो सामुदायिक क्याम्पसका रहेको उक्त क्याम्पसमा जिल्लाभरबाट झण्डै चार हजार विद्यार्थी अध्ययनरत रहेका क्याम्पस प्रशासनले जनाएको छ ।
यसैबीच नवर्निाचित श्रेष्ठले क्याम्पसलाई नुवाकोट जिल्लाको उत्कृष्ट क्याम्पसका रुपमा विकास गर्नेका लागि आफूनो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनु भएको छ ।अध्यक्षमा निार्वचित भएसँगै नुावकोट पुकारसंगको संक्षिप्त प्रतिक्रियामा यस्तो बताउनु भएको हो ।