Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

विदुर खेलकुद महोत्सवको तयारी अन्तिम चरणमा

नुवाकोट पुकार २० माघ २०८१, आईतवार १०:२४

महोत्सवको प्रचारप्रसार तथा अतिथिहरुलाई स्वागतका लागि पिपलटारमा बनाइएको स्वागतद्धार ,तस्बिर,नुवाकोट पुकार

नुवाकोट । नुवाकोट जिल्लाके पिपलटारमा आयोजान हुने विदुर खेलकुद महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

पिपलटार फुटबल क्लवको आयोजना तथा जालपा मिडिया सर्भिस र एभरेष्ट ईभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा विदुर नगरपालिका वडा नम्बर ५ मा आगामी माघ २७ गतेदेखि हुन लागेको बिदुर खेलकुद तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकहरुले जनाएका छन् ।

महोत्सवमा प्रतियोगितात्मक खेल गतिबिधिहरु, प्रतियोगितात्मक लोक नृत्य , स्थानीय उत्पादनहरुको प्रदर्शनी, लोपोन्मुख रीतिरिवाज र संस्कृति झल्कने झाँकीहरुको प्रदर्शनी, चर्चित कलाकारहरुको सांगितिक प्रस्तुतिका साथै मनोरञ्जनात्मक खेल मेलाहरु समेटिएको आयोजक क्लवका अध्यक्ष उद्धब पनेरुले जानकारी नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।

११ दिनसम्म चल्ने महोत्सव ५०देखि हजारले अवलोकन गर्ने र महोत्सव अवधिभर दुईकरोड भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको महोत्सवक व्यवस्थापनको जिम्म लिएको जालपा मिडिया सर्भिसका सञ्चालक शिव देवकोटाले जानकारी दिनुभयो । देवकोटाका अनुसार महोत्सवको लागि अहिले जिल्लाको विभिन्न स्थानमा गेट बनाउने काम र महोत्सवस्थलमा स्टल बनाउने काम अन्तिम चरणमा पुगिसेको छ ।

नुवाकोट जिल्लामा नुवाकोट उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवपछि यो अर्को ठुलो महोत्सव हो । महोत्सवको लागि विदुर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष लिलानाथ न्यौपानेको संयोजकत्वमा एकसय ५० सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

जिल्लाका कतिपय स्थानमा महोत्सव आयोजना हुने गरेपनि सोचेजस्तो नहुँदा आयोजकहरु नै भाग्नु पर्ने अवस्था विगतमा देखिदै आएको छ । तर विदुर महोत्सवलाई भने जिल्लाभरका सबै उद्योगी व्यवसायी तथा स्थानीय पालिकाहरुको सहयोग रहेको भन्दै आयोजकहरुले यसलाई हालसम्मकै उत्कृष्ट बनाउने दावी गरेका छन् ।

Continue Reading

Previous: अमेरिकाले थप्यो चिनियाँ सामानमा थप प्रतिशत कर
Next: कमलराज राई स्मृति पत्रकारिता पुरस्कार स्थापना

सम्बन्धित समाचार

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

छुटाउनु भयो कि ?

एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

२४ असार २०८२, मंगलवार १७:१४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार