Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

निर्देशन अवज्ञा गर्ने सञ्चारमाध्यमलाई काउन्सिलले गर्‍यो कारबाही

नुवाकोट पुकार २० माघ २०८१, आईतवार २०:३५

काठमाडौँ,  प्रेस काउन्सिल नेपालले आचारसंहिता पालनाका लागि दिइएको निर्देशन अवज्ञा गर्ने विभिन्न सञ्चारमाध्यमलाई कारबाही गरेको छ। 

काउन्सिलले आइतबार विज्ञप्ति जारी गर्दै निर्देशन अवज्ञा गर्ने १० वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखी कारबाही अगाडि बढाइएको र तीन वटालाई सूचीकरणबाट हटाएको जनाएको छ। 

यस्तै छवटा सञ्चारमाध्यमलाई अवज्ञाकारी कालोसूचीमा राखी थप कारबाही अगाडि बढाइएको र तीमध्ये तीन वटालाई सूचीकरणबाट हटाइएको छ। चार वटा सञ्चारमाध्यमलाई भने क्षमायाचना र आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएपछि कारबाही फुकुवा गरी कालोसूचीबाट हटाइएको छ। 

आचारसंहिताबमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने १० वटा ‘अनलाइन’ सञ्चारमाध्यमलाई कालोसूची/अवज्ञाकारीको सूचीमा राखी कारबाही अगाडि बढाइएको छ भने तीन वटालाई सूचीकरणबाट समेत हटाई थप कारबाही गरिएको छ। 

“अवज्ञाकारी कालोसूचीमा राखी कारबाही गरिएकामध्ये क्षमायाचना गर्दै आगामी दिनमा आचारसंहिता एवं काउन्सिलको निर्देशन पालना गर्ने प्रतिबद्धता व्यक्त गरी निवेदन दिने चार वटा सञ्चारमाध्यमहरू टिभी अन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, खोजतलासअनलाइन डटकमको अवज्ञाकारी/कालोसूचीको कारबाही फुकुवा गरिएको छ”, काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहोराले हस्ताक्षर गर्नुभएको  विज्ञप्तिमा भनिएको छ, “छ वटा सञ्चारमाध्यम एबिपीक्राइमन्यूज डटकम, सेतोखरी डटकम, कोशीपोष्ट डटकम, हेर्दाहेदै डटकम, दियोपोष्ट डटकम र नेपालकथा डटकमलाई अवज्ञाकारी कालोसूचीमा राखी थप कारबाही अगाडि बढाइएको छ। यीमध्ये एबिपीक्राइमन्यूज डटकम, दियोपोष्ट डटकम र हेर्दाहेर्दै डटकमलाई भने सूचीकरणबाट समेत हटाइएको छ।”

यसैगरी, काउन्सिलले चालु आर्थिक वर्षको साउनदेखि यही माघ १५ गतेसम्म हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, द्वेष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने मिडियाअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल) चार, फेसबुक पेज एक तथा अनलाइन पाँच वटालाई निर्देशन र चार वटालाई सचेत गराइएको छ। 

यस्तै, हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित शीर्षक दिई जनमानसमा भ्रम फैलाउने मिडियाका रूपमा दर्ता सूचीकरण नभई चलेका ५४ युट्युब च्यानल र पाँच फेसबुक पेजलाई थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाएको पनि काउन्सिलले जनाएको छ।

पत्रकार आचारसंहिताको पटक पटक र शृङ्खलाबद्ध उल्लङ्घन गरेका सञ्चारमाध्यमलाई काउन्सिलले कारबाहीस्वरूप कालोसूचीमा राख्ने, सूचीकरणबाट हटाई विज्ञापन र अन्य सुविधा रोक्न सम्बन्धित निकायमा सिफारिस गर्न सक्ने व्यवस्था छ। 

काउन्सिलले पछिल्लो समय उजुरी दर्ता हुने क्रम बढेको जनाएको छ। विज्ञप्तिअनुसार चालु आवको माघ १५ गतेसम्म २४७ मिडियाविरुद्ध १५६ वटा उजुरी र एउटा जनगुनासो दर्ता भएका छन्। तीमध्ये ५६ गालीबेइज्जती/चरित्रहत्या/मानहानी, ८७ गलत/भ्रामक/असन्तुलित/दुष्प्रचार, चार वटा बार्गेनिङ र नौ वटा हुबहु रहेका छन्। 

Continue Reading

Previous: ज्योति विकास बैंकद्वारा खैरहनी माध्यमिक विद्यालयलाई सहयोग
Next: माघ शुक्ल पञ्चमी ः वसन्त श्रवण, सरस्वती पूजा गरिदै

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार