Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कांग्रेसभित्र १५ औं महाधिवेशनको बहस

नुवाकोट पुकार २३ माघ २०८१, बुधबार ०९:३७

शुकदेव दाहाल

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १५ औं महाधिवेशनका विषयमा चर्चा परिचर्चा सुरु भएको छ । २०७८ साल मंसिरमा सम्पन्न भएको महाधिवेशनबाट पार्टी सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि पनि निर्वाचित हुनु भएको थियो । देउवाको नेतृत्वमा ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूह अन्तर्गत ५६ जना केन्द्रीय सदस्य चयन भएका थिए ।

सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने विधानको व्यवस्था अनुसार देउवाले अधिकांश केन्द्रीय सदस्य मनोनित गरिसक्नु भएको छ । देउवाको पहिलो कार्यकाल भन्दा दोस्रो कार्यकाल केही महत्वपूर्ण रुपमा अघि बढ्दै छ । देउवाले दोस्रो कार्यकाल सकिन लाग्दै गर्दा एमालेसँगको भद्र सहमति तोडिएन भने सरकारको नेतृत्व समेत गर्न पाउनु हुनेछ ।

कांग्रेसको विधान अनुसार पनि दुई पटक भन्दा सभापति बन्न नपाउने भएकाले देउवा स्वभाविक रुपमा अब सभापतिको उम्मेदवार बन्ने सम्भावना छैन । तर पार्टीको विधान परिवर्तन गरेर जाने अवस्था आयो भने देउवाको लागि फेरि बाटो खुला हुनेछ । तर उमेरका हिसावले पनि उहाँ सभापति बन्ने सम्भावना कम हूँदै गएको छ ।

उहाँले पनि यो कुरा स्वीकार गरिसक्नु भएको छ । तर मुख्य कुरा देउवापछिको अबको नेतृत्व कसको काधमा जाला भन्ने विषय भने कांग्रेसका लागि निकै महत्वपूर्ण छ । सभापतिमा देउवासँग पराजित हुनु भएका शेखर कोइरालाले आफू सभापतिको उम्मेदवार बन्ने कुरा घोषणा गरिसक्नु भएको छ । यस्तै महामन्त्री गगन थापाले पनि सभापतिका लागि तयारी गर्नुभएको छ । दुवै नेता पछि हट्ने सम्भावना नभएकाले उहाँबीच प्रतिस्पर्धा हुने निश्चित । उहाँहरुपछि कांग्रेसका सभापतिको आकाँक्षीमा अन्य दोस्रो तहका नेताहरुपनि हुनुहुन्छ । त्यसमा पनि सभापति देउवाको मुख्य आशिर्वाद कसले पाउँला भन्ने अर्को महत्वपूर्ण चासोको विषय बनेको छ ।

महामन्त्री थापा र शेखर दुवै नेता देउवाको साथ खोज्ने प्रयासमा हुनुहुन्छ । धेरै नबोल्ने देउवाले अहिले नै यो कुरा बोल्ने विषय पनि होइन । अर्को कुरा आगामी ०८४मा हुने संघीय निर्वाचन भन्दा अगाडि पार्टी महाधिवेशन गर्नुपर्ने हुन्छ । तर त्यसलाई लम्ब्याएर०८४ पछि लाने कि नलाने भन्ने विषयमा पनि कांग्रेसमा बहस सुरु भएको छ ।

देउवाले ०८३ मा नै महाधिवेशन गर्ने प्रतिवद्धता व्यक्त गर्दै आउनु भएको भएपनि पूर्व महामनत्री डा. शशांक कोइरालाल भने ०८४ पछि महाधिवेशन गर्नुपर्ने पक्षमा देखिनु भएको छ । उहाँलाई अरु केही नेताहरुले पनि साथ दिएका छन् । तर महामन्त्री गगन थापाले त्यसलाई अस्वीकार गर्नुभएको छ ।

थापाले केही दिनअघि एक कार्यक्रममा ०८४ को निर्वाचन अघि नै महाधिवेशन हुने र ०८४ को टिकट नयाँ नेतृत्वको वितरण गर्ने दावी गर्नुभएको छ । नेताहरुले जे जे भनेपनि यसको निर्णयकर्ता भने सभापति देउवा नै हुनुहुन्छ । यो कुरा पनि देउवाको चाहानामा भर पर्ने हुनाले यसमा अहिले नै धेरै व्याख्या गर्नुपर्ने अवस्था छैन । तर कांग्रेसप्रति आम जनतामा जुन प्रकारको अविस्वार सिर्जना भएको छ त्यसलाई पुर्ने काम भनेको ०८४ पछिको महाधिवेशनले नै हो ।

मुलुकको अवस्थालाई सुधार गर्न र देशलाई नयाँ ढंगले अघि बढाउँदै आर्थिक समाजिक क्रान्तिका लागि कांग्रेसले आफूलाई परिमार्जन गर्नु जरुरी छ । देउवा मुलुकको विषम परिस्थितिमा पनि आफूले आलोचनको बाढी खेपेर पार्टीलाई यो अवस्थामा पुर्याउन सफल हुनु भएको छ ।

यद्यपि कहिँ कतै उहाँप्रति कडा आलोचना हुने गर्दछ । त्यो नेपालको भू राजनीति नबुझेकाहरुले गर्ने आलोचना हो । देउवाले आफूले आलोचना खेपेर पनि कांग्रेस जोगाउने काम गर्नु भएको भने पक्कै छ । तर अब कांग्रेसलाई यो भन्दा अझ माथि लैजानु पर्दछ । त्यसका लागि भने कांग्रेसलाई पुनर्रजागरण गर्न आवश्यक छ । तसर्थ कांग्रेस जस्तो पार्टीले आफ्नो महाधिवेशन भने समयमा नै गरेर नयाँ नेतृत्वको साथ निर्वाचनका लागि तयार हुनु सबैभन्दा उत्तम देखिन्छ । यसले कांग्रेसलाई उर्जा थप्नेछ भने आम नागरिकले पनि कांग्रेसलाई विश्वास गर्न सक्ने वातावरण बन्दै जाने छ ।

Continue Reading

Previous: अमेरिकी डलरको भाउ घट्यो
Next: रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार