
विदुर । नुवाकोट जिल्लाको पुरानो सामूदायिक क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पसको दशौं क्याम्पस सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष लगायतका सदस्य तथा पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।

आज बिहान (बुधबार) क्याम्पसमा भएको कार्यक्रममा निर्वाचन कमिटिका संयोजक सुकुमान डंगोलले अध्यक्ष लगायतका पदाधिकारीहरुलाई पदभार ग्रहण गराएका छन् । क्याम्पसको दशौं अधिवेशनबाट अध्यक्षमा श्रीराम श्रेष्ठ निर्वारोध निर्वाचित भएका छन् ।

यस्तै सदस्य पदमा निर्विरोध निर्वाचित भएका अच्युतराज महन्त गिरी, सुरेन्द्र मुडवरी, प्रकाशचन्द्र ढंगाना, राजेन्द्र श्रेष्ठ, भगवती खनाल, ध्रुव ढकाल, मोहन बहादुर खड्का, रामहरि घिमिरे तथा लेखा परीक्षण समितिका संयोजक राजाराम अधिकारी, सदस्य रामकृष्ण गजुरेल, गंगा नेपालीले आज पदभार ग्रहण गरेका हुन । श्रेष्ठ अध्यक्षमा निार्वचित भएको यो दोस्रो कार्यकाल हो ।
नुवाकोट बट्टारका बासिन्दा श्रेष्ठ सामाजिक तथा राजनीतिक एव साहित्यिक क्षेत्रमा समेत उत्तिक्ै सक्रिय छन् । उनले आफूले क्याम्पसलाई अझ उचाईमा पुर्याउने बताएका छन् । नुवाकोट जिल्ला पहिलो सामुदायिक क्याम्पसमा हाल पनि ४ हजार विद्यार्थी अध्इयनरत रहेका छन् ।