काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन्।
शनिबार सम्पन्न प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा अर्यालले निवर्तमान सभापति डा. अच्युतम लामिछानेलाई दुई मतको झिनो अन्तरले पराजित गर्दै नेतृत्वमा पुगेका हुन्।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार अर्यालले ४१६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी डा. लामिछानेले ४१४ मत पाए। सभापति पदका लागि भएको प्रतिस्पर्धा निकै कडा बनेको थियो।
प्रदेश नेतृत्वका लागि प्रारम्भमा पाँच जनाले उम्मेदवारी दिएका थिए। तर सांसद बदन भण्डारी ले उम्मेदवारी फिर्ता लिएपछि चार जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। सभापति पदका लागि डा. लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरि बहादुर खत्री बीच प्रतिस्पर्धा भएको थियो।
रास्वपा सभापति पदको निर्वाचन परिणाम सार्वजनिक भए पनि अन्य पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन भएको र परिणाम आउन बाँकी रहेको छ।
बागमती प्रदेशको नेतृत्वमा अर्यालको चयनसँगै रास्वपाको प्रदेश संगठनमा नयाँ नेतृत्वको सुरुवात भएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्