एनपीएल सुरु हुँदै, प्रधानमन्त्री शाहले दिए शुभकामना

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १०, सोमबार ०७:५४

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत एनपीएल नेपालकै ठूलो खेलकुद आयोजनाका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै प्रतियोगिताको सफलताको शुभकामना दिएका हुन्।

उनले केही वर्षमै एनपीएल ठूलो खेलकुद उत्सवका रूपमा विस्तार भएको भन्दै प्रतियोगितामा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गरेका छन्।

प्रधानमन्त्री शाहले नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई पनि प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना दिएका छन्।

‘नेपाली क्रिकेट दीर्घायु होस्’ भन्दै उनले एनपीएलले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *