रास्वपा लुम्बिनी प्रदेश सभापति घिमिरे निर्वाचित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ३१, आईतवार ११:२४

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन् । 

सभापति पदका लागि ६ जनाबिच प्रतिस्पर्धा भएकोमा कसैले पनि स्पष्ट बहुमत प्राप्त नगरेकाले धेरै मत ल्याउने शालिकराम र गोपालबिच पुनः मतदानको तयारी गरिएको थियो । अन्तिममा सहमतिबाट शालिकराम निर्वाचित भएका छन् ।

यसअघि सभापति पदका लागि ६ जनाबिच भएको प्रतिष्पर्धामा रुपन्देहीका शालिकराम घिमिरेले सबैभन्दा बढी १ सय ९९ मत र त्यसपछि अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत ल्याएका थिए ।

त्यसैगरी रुपन्देहीका गणेश पौडे्‌लले ८४ मत, बाँकेका डा.राजकुमार सुवेदीले ८०, रुपन्देहीका मञ्जु भुसालले ७१, रुपन्देहीका मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए । हिजो राति सम्पन्न मतदानमा पाँच सय ५२ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *