Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

र्‍यान्डम रिडर्ससमा वैदेशिक रोजगारीको प्रभावबारे बहस

नुवाकोट पुकार २६ माघ २०८१, शनिबार १४:०५

पोखरा, माघ २६ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेका प्रभावका बारेमा बहस गरेको छ । सोसाइटीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिक शास्त्र विभागसँग सहकार्य गरी सो कार्यक्रम सम्पन्न गरेको हो ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीकै कोषाध्यक्ष ध्रुव केसीले ‘वैदेशिक रोजगारी ः आर्थिक समृद्धि र सामाजिक सङ्कटका अन्तर्कथा’ शीर्षकमा अवधारणापत्र प्रस्तुत गरेका थिए । वैदेशिक रोजगारीको क्षणिक प्रलोभनका कारण नेपालका गाउँ मात्र होइन सहरसमेत रित्तिँदै गएको बताउँदै केसीले यसतर्फ राज्यले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘बाध्यतामा विदेश जानेको कथा बेग्लै होला’ केसीले भने, ‘यहाँ त अधिकांश धनाढ्यका सन्तान विदेशमा छन् ।’

उनले रेमिट्यान्समा रमाउने राज्यसत्ता रहेसम्म आर्थिक समृद्धि सम्भव नहुने धारणा राखे । वैदेशिक रोजगारीका कारण आर्थिक रूपमा केही आर्जन भएको देखिए पनि सामाजिक विखण्डनको डरलाग्दो तथ्याङ्क रहेको जनाउँदै उनले यसतर्फ सबै सचेत हुनुपर्नेतर्फ ध्यानाकर्षण गराए ।


कार्यक्रमकी प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागकी प्रमुख डा. कौशिला रिसालले प्रज्ञा–प्रतिष्ठान वा ¥यान्डम रिडर्स सोसाइटी जस्ता संस्थाले यस्ता विषयमा बौद्धिक बहस गर्दै जाँदा नीतिगत तहमा कुरा पुग्ने बताइन् । उनले समाजलाई अग्रगति दिनका लागि सामाजिक विषयमा स्वस्थ बहस गर्नुपर्ने धारणा राखिन् । वैदेशिक रोजगारीतर्फ नभई नेपालमै भएका सम्भावनातर्फ युवाहरूलाई आकर्षण गर्नुपर्ने बताउँदै उनले काम सानो ठुलो नहुने भएकाले सबै कामलाई सम्मान गर्ने वातावरण तयार भएमा विदेश लखेटिने वातावरण ह्रास आउने बताइन् ।


कार्यक्रममा दीपक अधिकारी, प्रकाश रिजाल, धर्मेश जयसवाल, सुदिप घिमिरे, राजेन्द्र पौडेल, दुर्गाबहादुर शाह ‘बाबा’, अनुराग अधिकारी, भरतमणि भट्टराई, नवराज आचार्यलगायतले वैदेशिक रोजगारीका अनुभव र सोसम्बन्धी धारणा राखेका थिए । सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष गौरी तमूले स्वागत गरेकी थिइन् ।
सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमा परिचर्चा गर्दै आएको छ ।

Continue Reading

Previous: एमालेसँग एकता गर्ने कुनै सम्भावना छैन : अध्यक्ष नेपाल
Next: नबिल बैंकद्वारा नबिल एसएसईको ‘फेलोशिप, प्रभावहरूको यात्रा मनाउँदै’ कार्यक्रम  सम्पन्न

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार