Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

आउँदो २०८४ मा माओवादी १ नम्बर हुनेमा मलाई पूर्ण विश्वास छ ः प्रचण्ड

नुवाकोट पुकार २७ माघ २०८१, आईतवार १७:३२

धनबहादुर मगर
अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र तेस्रो पूर्ण बैठक राजधानीमा सम्पन्न भएको छ ।उक्त बैठकका प्रमुख अतिथि तथा नेपाल सरकारका पुर्व प्रधानमन्त्ती पुष्पकमल दाहाल (प्रचण्ड)ले अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) आफ्नो लागि जन्मस्थल जतिकै भएको बताइएको छ ।


उक्त कुरा अखिल नेपाल महासंघ (क्रान्तिकारी केन्द्र)को राजधानीमा सम्पन्न तेस्रो पूर्ण बैठकलाई सम्वोधन गर्ने क्रममा बताइएको हो ।‘म तत्कालीन अवस्थामा किसान संघ मार्फत नै पार्टीको कार्यक्रम गर्ने गरेको थिएँ ।’ अहिले किसान संघ र कृषिको महत्व घटेको छैन, बरु बढेको छ ।

तीनै पुस्ताको सहभागीता संगठनमा (थ्री वान) देखिएको छ । पार्टीको दरभंगा प्लेनम डेढ महिना चलेको थियो । विद्यार्थी सम्मेलन पनि त्यस्तै भयो । ज–जसले जिते पनि माओवादीको विद्यार्थी संगठनले जितेको छ । कृषि हाम्रो देशको अर्थतन्त्रको आधार हो, भनेर मैले सरकारसँग प्रष्ट भनेको छु । नीति तथा कार्यक्रम बनाउँदा सूचना तथा सञ्चार प्रविधिलाई पनि जोड्नु पर्छ । २१ औं शताब्दी सूचना र प्रविधिको युग भएकाले सूचना र प्रविधिसँगै अगाडि बढ्नु पर्ने कुरामा जोड दिए ।


अध्यक्ष प्रचण्डले यतिबेला सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटको आकार सही छ । यस पटकको बैठकले समाजवाद उन्मूख अर्थतन्त्रको एजेण्डाहरु लिएको छ । १२३ वटै स्थानीय सरकार हाम्रो नेतृत्वमा छ । त्यसले राम्रो काम गरेको छ । सिद्धान्ततः मूल्य मान्यता कायम गरेको छ । सुशासनको हिसाबले ७५३ वटै पालिका मध्ये राप्ती गाउँपालिका तेस्रो, धादिङ्गको वेनीघाट गाउँपालिका पहिलो, गुल्मीको रुरु गाउँपालिका दोस्रो स्थान आउन सफल भएको छ । तिनैवटा पालिकाको सरकार माओवादी पार्टीले नेतृत्व गरेको र सुशासनको आधारमा पनि अब्बल बन्न सफल भएको अध्यक्ष प्रचण्डले बताए ।


फागुन ९ गते १२३ वटै पालिका प्रमुख र उप–प्रमुखसँग बसेर १२३ वटै सरकारलाई राम्रो काम गर्ने आधार तयार गर्न थप निर्देशन सहित अगाडि बढ्ने छौं । मलाई विश्वास छ तपाइहरुको ठूलो भुमिका हुन्छ । कृषिको माध्यमबाट स्थानीय तहमा समाजवादको आधार तयार गर्ने अवसर आएको बताउँदै पार्टीले राम्रो काम गर्दा काँग्रेस एमाले आतिएर सरकार ढाल्ने तिर लागेको बताए ।
अध्यक्ष प्रचण्डले फागुन १२ देखि हुलाकी राजमार्ग तराई, मध्यपहाडी लोकमार्ग पहाड र हिमाली राजमार्गमा पार्टीको अभियान लिएर निस्कने बताए ।

पूर्वबाट पश्चिम, पश्चिमबाट पूर्व अन्तमा काठमाडौंंमा विशाल जनसभा गरिने बताएको छ । प्रचण्डले भने अभियान सम्पूर्ण जाति–जाति, भाषा–भाषी, वर्ग, समुदायको सहभागीतामा हुने छ । अब माओवादीले नेतृत्व दिन सक्छ । माओवादी पहिले जस्तो होइन, फेरि एकचोटी माओवादीलाई अवसर आएको छ । माओवादीले लिएको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिवद्धता, सुशासन कायम गर्ने र भ्रष्टाचार विरुद्ध थालनी गरेको अभियानका कारण काँग्रेस र एमाले आत्तिएको छ ।


आउँदो २०८४ मा १ नम्बर हुने मलाई पूर्ण विश्वास छ । सामाजिक सुरक्षा, भ्रष्टाचार उन्मूलन, आर्थिक संकट समाधान गर्ने योजना बनाएका छौंं । हामीले मात्र होइन साझा निकायले समेत स्पष्ट गरेको छ ।घाइते, वेपत्ता, गरिव परिवारसँग घनिष्ट सम्बन्ध बनाऔं पार्टीको मूल स्पिरिटको योजना बनाउनु होला । नयाँ सफलता हेर्न चाहन्छु । ‘मलाई हेर्नु होला, म दिनरात काम गरिरहेको छु ।’ ६ महिनामा भित्र पार्टी अर्कै उचाई पुग्छ ।

Continue Reading

Previous: प्रचण्डलाई विश्वप्रकाशको प्रश्न , अरूले ल्याउँदा चोरबाटो आफूले ल्याउँदा मूल बाटो हुन्छ ?
Next: नागार्जुन नगर प्रमुख बस्नेतविरुद्ध आठ करोड ६९ लाखको भ्रष्टाचार मुद्दा दर्ता

सम्बन्धित समाचार

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७

छुटाउनु भयो कि ?

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७
बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

२६ असार २०८२, बिहीबार ०८:००

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार