विदुर प्याब्सनद्वारा ४.० जीपीए ल्याउने विद्यार्थी सम्मानित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ३१, आईतवार १९:३२

विदुर, जेठ ३१ — संस्थागत विद्यालयहरुकाे छाता संगठन विदुर नगर प्याब्सनले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै ४.० जीपीए प्राप्त गर्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ।


सम्मानित हुने विद्यार्थीहरूमा विदुर–९, कोलोनीस्थित सूर्यज्योति एकेडेमीका विद्यार्थी विनोद शाह कानु तथा विदुर–२, बट्टारस्थित सुभेनियर बोर्डिङ स्कुलका विद्यार्थी स्टेफेन धमला रहेका छन्।
विदुर नगर प्याब्सनका अध्यक्ष रामराजा कुमाल, सचिव हिराजित सुनुवार र कोषाध्यक्ष रामजी अधिकारी सहितको टोली विद्यार्थीहरूको निवासमै पुगेर सम्मान गरेको हो। ४ जिपिए प्राप्त गरेका विद्यार्थीहरूको पूर्वघोषित कार्यक्रमअन्तर्गत आइतबार घरमै पुगेर अभिभावकसँग परामर्श तथा अन्तरक्रिया कार्यक्रमकासाा सम्मामा गरिएको प्याब्सनले जनाएको छ ।


प्याब्सनले विनोद शाह कानुलाई सूर्यज्योति एकेडेमीका पूर्व सञ्चालक राज्यलक्ष्मी पाण्डे र प्रिन्सिपल अनुप बस्नेतको उपस्थितिमा सम्मान गरिएको थियो। त्यसैगरी स्टेफेन धमलालाई सुभेनियर बोर्डिङ स्कुलका प्रिन्सिपल तारा बहादुर कार्की, सञ्चालक सरिना श्रेष्ठ तथा सह–प्रिन्सिपल भेषराज अधिकारीको उपस्थितिमा नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो।


सम्मान कार्यक्रममा बोल्दै प्याब्सन अध्यक्ष रामराजा कुमालले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले घरदैलोमै पुगेर सम्मान गरिएको बताउनु भयाे ।उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना विकास हुने विश्वास व्यक्त गर्नुभएको थियो।


सम्मानित विद्यार्थीका अभिभावकहरूले विदुर नगर प्याब्सनले घरमै आएर सम्मान गरेकोमा खुसी व्यक्त गर्दै यस किसिमका कार्यक्रमले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मनोबल उच्च बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनीहरूले प्याब्सनप्रति आभार तथा धन्यवादसमेत व्यक्त गरेका छन्।


विदुर नगर प्याब्सनले आगामी दिनमा पनि शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन र सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

साथै नगरभित्रका एसईई तथा आधारभूत तह (कक्षा ८) मा शतप्रतिशत विद्यार्थीलाई ग्रेड प्राप्त गराउन सफल सबै विद्यालयहरूलाई एक विशेष कार्यक्रममार्फत सम्मान गर्ने कार्यक्रम तय गरिएको प्याब्सन अध्यक्ष कुमालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *