
नुवाकोट । नेकपा एमाले विदुर नगर कमिटीको अध्यक्षमा सञ्जिवबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार भएको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन । श्रेष्ठले निर्वाचित कमिटिका अनुसार श्रेष्ठले अध्यक्षका अर्का उम्मेदवार अनुजकुमार श्रेष्ठलाई ४८ मतले पछि पारेका थिए । उनलेले १५८ मत प्राप्त गर्दा अनुजले १०६ मत मात्र प्राप्त गरे । उनीसँगै प्यानलनै विजयी भएका छन् । अनुज यसअघि नगर कमिटिका अध्यक्ष थिए ।
सञ्जिव श्रेष्ठलाई एमाले संस्थापनइतर समूहको नेतृत्व गरेका नारायण खतिवडा, बुद्धि प्रधान, सुदर्शन नेपाल लगयातका नेताहरुको समर्थन रहेको थियो भने अनुजलाई केन्द्रीय सदस्य केशव पाण्डे, जिल्ला अध्यक्ष बद्री मैनाली, उपाध्यक्ष राजेन्द्ररमण खनालसहितका नेताहरुको समर्थन रहेको थियो ।
संस्थापन पक्ष बलियो मानिएको भएपनि टिम नै पराजित हुन पुगेको छ । यस्तै, नगर कमिटीको उपाध्यक्षमा फराकिलो मतको अन्तरले श्यामकृष्ण चालिसे निर्वाचित भए । उनले १७३ मत प्राप्त गर्दा प्रतिद्वन्धि देवनारायण चित्रकारले ९० मत प्राप्त गरे ।सचिवमा तोयानाथ तिमिल्सिना निर्वाचित भए । उनले १४८ मत प्राप्त गर्दा उपेन्द्र रिमालले १०८ मत प्राप्त गरे ।उपसचिव खुल्लामा पूर्णबहादुर कार्की निर्वाचित भए । उनले १३३ मत प्राप्त गर्दा डिल्लीप्रसाद गजुरेलले ११८ मत प्राप्त गरे । महिला उपसचिवमा करिना नेपाल निर्वाचित भए ।
उनले १३७ मत प्राप्त गर्दा मुना पुडासैनी न्यौपानेले १०८ मत प्राप्त गरिन् ।यसैगरी लेखा कमिटी अध्यक्षमा रामशरण तिम्सिना निर्वाचित भए । उनले १२९ मत प्राप्त गर्दा रामकृष्ण खड्काले ११८ मत प्राप्त गरे ।मतदानमा २ सय ७४ मत खसेको निर्वाचन कमिटीका प्रमुख पुरुषोत्तम प्याकुरेलले जानकारी दिए । यसअघि अधिवेशनको नेकपा एमाले बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले उद्घाटन गरेका थिए ।