Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

बेलकोटगढीको चिम्टेश्वरमा शिवमुर्ति स्थापनाका लागि जनप्रतिनिधिले एक महिनाको तलब सहयोग गर्ने

नुवाकोट पुकार ३० माघ २०८१, बुधबार २०:५१

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाको दोश्रो नगर सभा तथा पाचौंँ नगर अधिबेशन उद्घाटन गर्दै मेयर जगतबहादुर लमा,साथमा उपमेयर शिवप्रसाद दहाल र प्रमुख प्रशासिकय अधिकृत हरेन्द्रबहादुर श्रेष्ठ

बेलकोटगढी । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाको दोश्रो नगर सभा तथा पाचौंँ नगर अधिबेशन सम्पन्न भएको छ ।

हिउदे अधिवेशनका रुपमा लिईने नगरसभाले नगरपालिकाको प्रशिद्ध धार्मिक तथा ऐतिहासिकस्थल चिम्टेश्वरमा ५० फिटको अग्लो शिवको मुर्ति बनाउने उदेश्य साथ लगाउन लागेको सप्ताह ज्ञान महायज्ञका लागि नगरपालिकाको सम्पुर्ण जनप्रतिनिधिहरुको १ महिनाको तलव सेवा सुबिधा बराबरको रकम उपलब्ध गराउने निर्णय गरिएको उपमेयर शिवप्रसाद दाहालले जानकारी दिनुभयो । उक्त कार्यका लागि चिम्टेश्वर क्षेत्र विकास समितिले फागुन ७ गतेदेखि ११ गते सम्म सप्ताह ज्ञान महायज्ञको आयोजना गर्न लागेको अध्यक्ष रामचन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

यस्तै सभाले नगरपालिका अन्तर्गत चिम्टेश्वर क्षेत्रलाई धार्मिक तथा हाम्रो एतिहासिक महत्व को सम्पदा लाई संरक्षण गर्दै पर्यटकिय क्षेत्र को रुपमा अगाडि बढाउने निर्णय पनि गरेको छ । नगरसभाबाट अर्थवार्षिक समिक्षाकासाथ बाँकी योजान तथा कार्यक्रमहरुलाई दुर्तरुपमा अधि बढाउने निर्णय गरिएको छ । बेलकोटगढले आर्थिक वर्ष २०८१।०८२ का लागि शिक्षा,स्वास्थ्य, भौतिक पूर्वाधार लगायतका क्षेत्रका लागि बढि बजेट विनियोजन गरेको थियो ।

बजेटले सोचेजस्तो लक्ष्य पूरा गर्न नसकेको विषयमा पनि नगरसभामा छलफल भएको वडा अध्यक्षहरुले बताएका छन् । नगरपालिकाले पहिलो नगरसभामार्फत सूचना तथा सञ्चार क्षेत्रमा अनलाइन भुक्तानीको सूरुवात गर्ने, कृषि क्षेत्रमा हुने बाली विनासका लागि कृषि विमा गर्ने,स्थानीय उत्पादनहरु, गुन्द्रुक,अचार, मस्यौरा,जुस वाइन जस्ता घरेलु उत्पादनलाई ब्राण्डित गर्ने, बैदेशिक रोजगारीबाट फर्किएकाहरलाई स्वरोजगारमुलक तालिक दिने जस्ता महत्वकाँक्षी कार्यक्रमको घोषणा गरेपनि ति प्रभावकारी रुपमा अघि बढ्न सकेका छैनन् ।

पछिल्लो समय नगरपालिकाका जनप्रतिनिधिहरुको क्रियाकलापप्रति पनि असन्तुष्टिका स्वरहरु बाहिरिन थालेका छन् । यस विषयमा भने नगरसभाले गम्भीर रुपमा लिँदै आफ्ना कारकारबाहीलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको बताइएको छ ।

Continue Reading

Previous: जसपाका केन्द्रीय सदस्यसहित एक सय कांग्रेसमा प्रवेश
Next: एमाले विदुर नगर कमिटि अध्यक्षमा सञ्जिवबहादुर श्रेष्ठ निर्वाचित

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार