Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

विद्यालयको ऋण तिर्न पूर्व अध्यक्ष नेपालले गरे ९९ हजार सहयोग

नुवाकोट पुकार १ फाल्गुन २०८१, बिहीबार १६:००

विदुर । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ५ मा लामाचौरमा रहेको इन्द्रेश्वर आधारभूत विद्यालय सञ्चालनमा लागेको ऋण तिर्न विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्षले ९९ हजार ५ सय सहयोग गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक हरिध्वज लामिछानेले दिएको जानकारी अनुसार विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष राजेन्द्र प्रसाद नेपाल(आरपी) ले विद्यालयमा लागेको ऋण मध्ये ९९ हजार ५ सय सहयोग गरेका हुन् । नेपाल आफै अध्यक्ष रहँदा तीन वर्ष अघि निम्नमाध्यमिक सम्म कक्षा सञ्चालन गर्दा लागेको झण्डै साढे पाँच लाख ऋण मध्ये उक्त रकम भने आफैले व्यहोर्ने प्रतिवद्धता जनाएका हुन् ।

प्रधानाध्यापक लामिछानेका अनुसार निमावि कक्षा सञ्चालनका लागि नीजि स्रोतमा शिक्षक नियुक्ती गर्दा झण्डै साढे पाँच लाख ऋण लागेको थियो । प्रअ लामिछानेले भने , उहाँ आरपी नेपाल अध्यक्ष हुँदा विद्यालयले शिक्षकका लागि तलब दिन नसकेपछि उहाँले नै व्यक्तिगत रुपमा खोजेर समस्या समाधान गर्नुभएको थियो , ऋण सबै उहाँको जिम्मेवारीमा थियो, त्यो मध्ये ९९ हजार ५ सय भने आफूले व्यहोर्ने जनाकारी गराउनु भएको छ, ।

विद्यालयले नेपालको मानवीय भावनाकासाथ गर्नुभएको सहयोग प्रति आभार व्यक्त गदै नेपालले विद्यालयका लागि महादान गर्नुभएको उल्लेख गरेको छ । विद्यालयका प्रअ लामिछानेले सामाजिक सञ्जालमार्फत नेपालको सहयोगप्रति सम्मानका व्यक्त गर्दै उनको सु स्वास्थ्य ताथ दिर्घायुको कामना गरेका छन् ।

नेपालले भने विद्यालय जोगाउन आफूले सहयोग गरेको बताएका छन् । नेपाल हाल नेकपा माओवादी विप्लवको बैकल्पिक केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला सचिव रहेका छन् ।

२०४८ सालमा स्थापना भएको उक्त विद्यालय निमाविसम्म सञ्चालनमा रहेको छ । विगतमा सरकारी शिक्षकले मात्रै अपुग भएपछि स्थानीय स्रोतबाट समेत शिक्षक भर्ना गरेर कक्षा सञ्चालन गरिएको थियो । शिक्षकलाई तलब खुवाउन समस्या परेपछि तत्कालिन व्यवस्थापन समिति र विद्यालय प्रशासनले ऋण खोजेर विद्यालय सञ्चालन गरेका थिए । सो समयमा विद्यालय सञ्चालनका लागि ५ लाख ५० हजार ऋण लागेको थियो । हाल भने विद्यालय सञ्चालनका लागि कुनै कठिनाई नभएको प्रअ लामिछानेले बताए ।

हाल विद्यालयमा ७ जना शिक्षक, एक कार्यालय सहयोगी रहेका छन् भने विद्यालयमा झण्डै २ सय विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयले विगतमा लागेको ऋण तिर्नका लागि सामाजिक सञ्जाल फेसबुकमार्फत अफिल समेत गरेको छ । सोही अपिलका आधार करिब १ लाख ५० हजार रकम संकलन भएको प्रअ लामिछानेले नुवाकोट पुकारलाई जानकारी दिए । उनले भने, बल्ल १ लाख ५० हजार जति संकलन भएको छ अझै साढे दुई लाख ऋणमा छौं, सहयोगका लागि अपिल जारी राखेका छौंँ।

Continue Reading

Previous: नुवाकोटको कार्यसम्पादन मूल्याङ्कनमा लिखु गाउँपालिका बन्यो उत्कृष्ट
Next: नेसपा (नयाँ शक्ति) को अध्यक्षमा भट्टराई निर्वाचित

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४

छुटाउनु भयो कि ?

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार