Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

,एकसय रुपियाँमा विशेषज्ञ चिकित्सकहरुबाट परीक्षणको सुविधा दिन्छौंँ ,

नुवाकोट पुकार ७ फाल्गुन २०८१, बुधबार १०:०९ 1 min read

सजना रिमाल,उपाध्यक्ष चाइना हस्पिटल, बसुन्धरा काठमाडौंँ

सरकारले फागुन १ गतेबाट देशभर ३० वर्ष माथिका नागरिकहरुका लागि नसर्ने रोगको निःशुल्क परिक्षणको व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरु गरेको यो अभियानप्रति आम नागरिकहरु उत्साहित भएका छन् । सरकारी स्वास्थ्य संस्थामार्फत् निःशुल्क रुपमा प्राप्त हुने सेवाका लागि नागरिकहरुको जति उत्साह थपिएको छ, त्यसमा सरकारी तथा गैरसरकारी रुपमा खुलेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुले पनि आआफ्नो तर्फबाट योगदानको प्रतिवद्धता जनाउँदै आएका छन् ।

यस्तै सरकारले सुरु गरेको सो अभियानप्रति चाइना हस्पिटल बसुन्धराले पनि स्वागत गरेको छ । अस्पतालले सरकारको सो अभियानमा आफ्नो तर्फबाट पनि सहयोगको प्रतिवद्धता समेत जनाएको छ । २०६५ सालदेखि चिनियाँ विशेषज्ञ चिकित्सहरुले वैदेशिक लगानी अन्तर्गत सञ्चालनमा ल्याएको अक्त अस्पतालकी उपाध्यक्ष सजना रिमाले सरकारले सुरु गरेको अभियानप्रति आफूलाई निकै गर्भ लागेको बताउनुभयो । उहाँले सकारात्मक पहलको स्वागत गर्दै आफ्नो ,हिस्साको दियो बाल्ने, वा प्राणघातक रोगहरुबाट ग्रसित नागरिकहरुलाई पनि आफ्नो तर्फबाट मद्दत गर्नै पर्दछ भन्ने उदेश्यकासाथ अस्पतालले आर्थिक अवस्था मध्यम भएकालाई सहुलियतमा र कमजोर आर्थिक अवस्था भएकालाई निःशुल्क उपचारको व्यवस्था गरेको पनि जानकारी दिनुभयो ।

५० भन्दा बढि देशको भ्रमण गर्दै कृषि विकास र आयुर्वेदिक उपचार पद्धतीको ज्ञान हासिल गर्नुभएकी रिमालले आफू आवद्ध भएको चाइना हस्पिटलका तर्फबाट आर्थिक अवस्था मध्यम भएकाहरुका लागि उपचार शुल्कमा छुट र आर्थिक अवस्था अत्यन्तै कमजोर भएका र हालसालै(एकवर्ष) प्यारालाइसिस भएकाहरुलाई निःशुल्क उपचारको व्यवस्था गरिएको समेत जानकारी गराउनु भयो । उहाँले अस्पतालमा विशेषज्ञ चिकित्सकहरुबाट एक सय रुपयाँमा परिक्षणको सुविधा रहेको पनि जानकारी दिनुभयो । प्रस्तुत छ उहाँसँग नुवाकोट पुकारले गरेको कुराकानीका सम्पादित अंशहरु ः
तपाईको विचारमा (प्राणघातक) नसर्ने रोगहरु के के हुन

whoले वर्गीकरण गरे अनुसार प्राणघातक अर्थात नसर्ने रोगहरुमा (लअमक)का ५ ओटा रोगहरु हुन्छन् तिनीहरुमध्ये
(क)ह्दय रोग(मुटुरोग)(ख) क्यान्सर(ग) मधुमेह(घ)दिर्घकालिन श्वास प्रश्वास रोग(क्षयरोग) (ड.) मानसिक स्वास्थ्य बिग्रिएको रहेका छन् ।
यस्ता रोग लाग्नुको कारण केके हुनसक्छन् ?
म ५ ओटा रोगको पाँच ओटै कारणहरुका बारेमा जानकारी गराउन चाहान्छु ।

(क) सुर्तिजन्य पदार्थको प्रयोग ः सुर्तिजन्य पदार्थको प्रयोग ,जसले क्यान्सर,दम,मधुमेह लगायतका रोगहरुलाई उच्च जोखिममा पुर्याउँदछ ।
(ख) अस्वस्थ आहार ः अस्वस्थ आहार पनि नसर्ने रोगका कारण हुन् । हाम्रो स्वास्थ्यका लागि आवश्यक पोषणतत्वहरु कमभएका र अत्यधिक प्रशोधन गरिएका खोने कुरा जस्तै फाष्टफुड,जंड.्क फुडको प्रयोग वा शरीरलाई चाहिने भन्दा बढी भोजन गर्ने बानीका कारण पनि यस्ता रोग निम्तने धेरै सम्भावना हुन्छ ।
(ग) शारीरिक निष्क्रियता ः नियमित रुपमा व्यायाम नगर्दा शरीर मोटो हुने वा मांशपेसी, हड्डी,जोर्नीहरु कमजोर भई दुख्ने चलाउन असजिलो हुने गर्दछ । जसले मानसिक निस्क्रियता उत्पन्न गराउँछ र मानसिक चिन्ता,तनाव र डिप्रेसन बढाउँछ ।
(घ) मदिराको हानिकारक प्रयोग ः लामो समयसम्म मदिरा सेवन गर्नाले उच्चरक्तचापको जोखिम बढ्छ र पक्षघात समेत हुनसक्छ ।
(ड.) वायु प्रदूषण ः नेपालमा हुने प्रदूषणहरु मध्ये सवारीसाधनका धुँवा,परम्परागत दाह संस्कार विधि,निर्माण कार्य तथा वन जंगल फडानीहरु पनि यसका कारण हुन् ।

यसको समाधानका लागि कस्ता प्रकारका सावधानी अपनाउनु पर्दछ ?
मुख्य त हामीले शारीरिक निश्क्रियताबाट बच्नका लागि नियमित रुपमा शारिरिक व्यायाम गर्नुपर्दछ । यस्तै नियमित चेकजाँच पनि गरेर आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनु अझ राम्रो हुन्छ । सकेसम्म बाहिरका खानेकुराहरु भन्दा घरमा बनाएका खानेकुरा खानु राम्रो हुन्छ । यसरी नियमित रुपमा आफूलाई ब्यालेन्समा राख्न सके यस्ता रोगहरुबाट बच्न सकिन्छ ।
यस्ता रोग लाग्न नदिनका लागि तपाईको अस्पतालले कस्तो भूमिका निर्वाह गर्दै आएको छ ?
हामीले गर्ने भनेको र गरिरहेका कुरा मैले माथि पनि केही उल्लेख गरिसकेको छु । हामीले आर्थिक अवस्था मध्यम भएकाहरुलाई विशेष छुट र आर्थिक अवस्था दयनीय अर्थात् कमजोर भएकाहरुका लागि निःशुल्क उपचारको लागि सहयोग गर्न सक्छौंँ । यसका लागि हामीले विगत १६ वर्षदेखि सञ्चालन गर्दै आएको विना अप्रेशन र बिना औषधी आयुर्वेदिकका माध्यमबाट उपचार गर्दै आएको चाइना हस्पिटल बसुन्धरामा छुट तथा निःशुल्क उपचारको व्यवस्था गरेका छाँैं ।
चाइनाका नाममा खुलेका अस्पतालहरु त विवादित हुने र सरकारले बन्द गराएका घटना पनि छन् नि ? तपाईहरुप्रति कसरी विश्वास गर्ने त ?
म कार्यरत रहेको चाइना हस्पिटल प्रा.लि २०६५ सालमा नेपाल सरकारको कानुन अर्थात हस्पिटल खोल्नका लागि आवश्यक पर्ने सबै प्रक्रिया पूरा गरेर नेपाल सरकारको कानुन अनुसार सञ्चालनमा छ । यसले अहिलेसम्म कुनैपनि अनैतिक अर्थात अवैधानिक कार्य गरेको छैन । यो नै हामीलाई विश्वास गर्ने आधार हो ।
अस्पतालले कस्ता प्रकारको उपचार सेवा दिँदै आएको छ ?
अहिलेसम्म हामीले नसर्ने रोगको मात्रै उपचार गर्दै आएका छौंँ । जस्तै शरीर दुख्ने,पोल्ने,झमझमाउने,शरीर लाटो हुने,तथा प्यारालाईसिस् ,पत्थरी(मृगौला)पायल्स, पिनास,माइग्रेनलगायत अन्य शरीरका दुखाईहरुको उपचार सेवा प्रदान गर्दै आएका छौं । यस्तै क्यान्सरबाट उत्पन्न पीडा कमगर्ने थेरापी तथा मुटुरोग, पक्षघातको पनि उपचार गर्दै आएका छौंँ ।
(९) उपचार पद्धतीबारे पनि बताईदिनुस् न ?
हामीले टिसियम अर्थात् traditional Chinese medicin तथा आयुर्वेदिक प्रणालीमार्फत् उपचार गरिरहेका छौंँ ।
(९) उपचार गर्दा लाग्ने शुल्कका बारेमा पनि बताउन सकिन्छ कि ?
हामी विशेषज्ञ चिकित्सकहरुद्धारा फागुनबाट मात्रै एक सय रुपयाँमा चेकजाँच (ओपीडि सेवा) गर्ने व्यवस्था गरेका छौं । यस्तै प्यारालाइसिस भएको एक वर्ष भित्रको र आर्थिक अवस्था कमजोर भएकाहरुलाई निः शुल्क उपचार गर्ने छौंँ । थेपारीमा पनि सहुलियतसहितको सुविधा रहेको छ ।
यति सस्तोमा परिक्षण र उपचार गर्न कसरी सम्भव छ त ?
हामीले सबै विशेषज्ञ चिकित्सकहरुलाई महिनावारी तलब सुविधामा नियुक्त गरेका छौंँ । अस्पतालको खर्च र तलब व्यवस्थापनका लागि थेरापीमा केही शुल्क लिने गरेका छौं । यस्तै अस्पतालले भवनको भाडा तिर्नुनपर्ने भएकाले अन्य ठुलो खर्च पनि हाम्रोमा छैन । हाम्रो उदेश्य भनेको नाफा कमाउने भन्दा पनि सेवा भाव हो ।
चाइना अस्पताल भनिएकाले चीन सरकारबाट पनि सहयोग प्राप्त हुन्छ कि ?
हाम्रो अस्पताल चिनियाँ विशेषज्ञ चिकित्सकहरुद्धारा सञ्चालित अस्पताल हो । वैदेशिक लगानीको नियमभित्र रहेर अस्पताल सञ्चालित छ । यसका लागि चीन सरकारले टेण्डरमार्फत् छनोट गरेर प्रदान गर्ने अनुदान सेवा हामीले चारपटकसम्म प्राप्त गरेका छाँैं । यो २०२२ सम्म कायम थियो । उक्त अनुदानमार्फत् देशका विभिन्न जिल्लामा पुगेर स्वास्थ्यकर्मीहरुलाई तालिम दिने,निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने लगायतका काम गयाँैं । पछिल्लो समय भने त्यस्तो अनुदान प्राप्त भएको छैन । हामीले आफैले खर्चको व्यवस्थापन गरेर नितान्त सामाजिक भावनाकासाथ अस्पताल सञ्चालन गर्दै आएका छौं । हाम्रो उदेश्य नाफामुखी भन्दा पनि सेवामुखी रहेको छ ।
अन्त्यमा, नुवाकोट पुकारमार्फत् केही भन्नु छ ?
सर्वप्रथम सरकारले यहि फागुन १ गतेबाट एक महिनाका लागि सुरु गरेको नसर्ने रोगहरुको निःशुल्क स्वास्थ्य परिक्षणमा सहभागी हुन म सबैमा अपिल गर्दछु । दोस्रो कुरा चीन सरकारबाट सञ्चालित अस्पतालप्रति केही मात्रामा नकारात्मक सन्देशहरु पनि छरिएका छन् । कतिपय अस्पतालहरुलाई सिआईबीले र महानगरले बन्द समेत गराएको अवस्था छ । तर बसुन्धरामा सञ्चालित चाइना अस्पताल वैदेशिक लगानी अन्र्तरगत रहेर चिनियाँ विशेषज्ञहरुले सञ्चालन गर्नुभएको अस्पताल हो । यसले नेपाल सरकारको विधि र प्रक्रियालाई आत्मसाथ गर्दै निःस्वार्थ भावनाकासाथ काम गर्दै आएको छ । हाम्रो उदेश्य सामाजिक भावना कायम गर्ने र आफ्नो हिस्साको दियो बाल्ने (सकेको सहयोग गर्ने)भएकाले हामीलाई यही अर्थमा बुझ्नका लागि आग्रह गर्दछु ।

Continue Reading

Previous: एमसीसीको भुक्तानी प्रक्रिया पनि रोकियो
Next: आज प्रजातन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै

सम्बन्धित समाचार

एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

२४ असार २०८२, मंगलवार १७:१४
जलविद्युत आयोजनामा फसेका २३ जनाकाे हेलिकाेप्टरबाट उद्धार

जलविद्युत आयोजनामा फसेका २३ जनाकाे हेलिकाेप्टरबाट उद्धार

२४ असार २०८२, मंगलवार १७:०८
बाढी बढ्न सक्ने भन्दै विदुर नगरपालिकाद्धार सचेत रहन अपिल

बाढी बढ्न सक्ने भन्दै विदुर नगरपालिकाद्धार सचेत रहन अपिल

२४ असार २०८२, मंगलवार ११:४७

छुटाउनु भयो कि ?

एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

२४ असार २०८२, मंगलवार १७:१४
जलविद्युत आयोजनामा फसेका २३ जनाकाे हेलिकाेप्टरबाट उद्धार

जलविद्युत आयोजनामा फसेका २३ जनाकाे हेलिकाेप्टरबाट उद्धार

२४ असार २०८२, मंगलवार १७:०८
बाढी बढ्न सक्ने भन्दै विदुर नगरपालिकाद्धार सचेत रहन अपिल

बाढी बढ्न सक्ने भन्दै विदुर नगरपालिकाद्धार सचेत रहन अपिल

२४ असार २०८२, मंगलवार ११:४७
रसुवाको बाढी: उद्धार कार्य व्यवस्थित र प्रभावकारी बनाउन डा. महतको सरकारलाई ध्यानाकर्षण

रसुवाको बाढी: उद्धार कार्य व्यवस्थित र प्रभावकारी बनाउन डा. महतको सरकारलाई ध्यानाकर्षण

२४ असार २०८२, मंगलवार ११:३४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार