
चिम्टेश्वर , नुवाकोटको ऐतिहासिक,धार्मिक तथा पुरातात्त्विक स्थान चिम्टेश्वरको विकासका लागि श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ २०८१ सुरु भएको छ । बुधबार नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डेको प्रमुख आतिथ्यतमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ ( २०८१ को समुद्घाटन भएसँगै आज बिहान ८ बजेबाट कथाबाचन सुरु भएको चिम्टेश्वर विकास समितिका अध्यक्ष तथा बेलकोटगढी नगरपालिका वडा नं २ का वडा अध्यक्ष रामचन्द्र तिमिल्सनाले जानकारी दिनुभयो ।
बेलकोटगढी वडा नं २ मा रहेको चिम्टेश्वरक्षेत्र धार्मिक तथा पर्यटकीय रुपमा समेत प्रचलित रहेको थियो । सरकारी संरक्षणको अभावम ापछि परेको उक्त क्षेत्रको विकासका लागि नगरपालिकाले चिम्टेश्वर विकास समति गठन गर्दै विकासका लागि प्रत्रmिया अघि बढाएको थियो । सोही समितिको सक्रियतामा शिवमुर्ति स्थापानका लागि महायज्ञको आयोजना गरिएको हो । महायज्ञलाई सहयोग तथा सुझावका लागि आयोजकहरुले अपिल समेत गरेका छन् । यसअघि बुधबार आयोजित उद्घाटन समारोहमा पर्यटन मन्त्री पाण्डेले नुवाकोट जिल्लाको महत्वपूर्ण क्षेत्र मध्ये चिम्टेश्वर रहेको भन्दै सरकराले यसको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले,यस क्षेत्रको ऐतिहासिकता, सार्वभौमिकता र यस क्षेत्रको वृद्धि विकासकालागि सरकारले यथोचित प्रयास गर्ने बताउनुभयो ।
उहाँले, यहाँको पवित्रता सँगसँगै धार्मिक दृष्टिकोणलाई अगाडि बढाएर, पर्यटन क्षेत्रलाई टेवा पुर्याउने बताउनुभयो । मन्त्री पाण्डेले श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ (२०८१ को सफलताको कामना समेत गर्नुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, बेल्कोटगढी नगरपालिकाका मेयर जगत बहादुर गुरूङ, उपप्रमुख शिवप्रसाद दाहाल सहित १३ वटा वडाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै चिम्टेश्वर विकास समिति, महायज्ञ आयोजक मुल समारोह समितिका अध्यक्ष एवं वडा २ का अध्यक्ष रामचन्द्र तिमल्सिनाले, चिम्टेश्वर विकास समिति तथा महायज्ञ आयोजक मूल समारोह समितिको आयोजनामा पण्डित नारायण न्यौपानेले फागुन ७ गते ९आज० पूर्वाङ्ग तथा समुद्घाटन सहित फागुन १४ गते महाशिवरात्रीको दिनसम्म यज्ञ सञ्चालन गरिने बताउनुभयो ।

समितिको कार्यतालिका अनुसार चिम्टेश्वर क्षेत्रको ऐतिहासिकता, पर्यटकीय पक्ष सँगसँगै यहाँको धार्मिक महत्त्वलाई जागरूक गराउने हेतुले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । बुधबार पूर्वाङ्ग तथा शोभा यात्रा ७ गते, पाठपारायण तथा प्रवचन आजबाट ८ गतेदेखि १४ गतेसम्म हुने र १४ गते महाशिवरात्री भएकाले रूद्राभिषेक हुने र १५ गते साँझ दिप प्रज्वलन, रातभर जाग्राम तथा भजन किर्तन हुने छ । कार्यक्रममा वाचक नारायण पण्डितले सप्ताहको कता बाचन गर्नुहुनेछ । कार्यक्रममा विभिन्न ब्यक्तिहरूको सहयोगबाट सञ्चालन गर्न लागिएको र यसबाट उठेको भेटी मन्दिर परिसरको वृद्धि विकासका लागि खर्च गरिने बताइएको छ ।
चिम्टेश्वरको प्रचार प्रसार र विकासका लागि भन्दै तत्कालिन नगर मेयर राजेन्द्ररमण खनालको नेतृत्वमा भ्यू टावर निर्माण गरिएको थियो । तर टावरको संरक्षण हुन सक्दा त्यसको उपयोगिताका विषयमा प्रश्न उठ्न थालेको छ । पछिल्लो समय नगर नेतृत्वको पिकनिक स्पट लगायतका पार्कहरु निर्माणको अवधारणसहित शिवमुर्ति स्थापना गर्ने तत्परता देखाएपछि चिम्टेश्वरको विकास हुने र आन्तरिक तथा बाह्् पर्यटक भित्र्याउन सकिने आशा जगाएको छ ।