Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

भारतको केआइआइटी  विश्वविद्यालयबाट निकालिएका १ सय ५६ नेपाली विद्यार्थी वीरगञ्ज नाका हुँदै फर्किए

नुवाकोट पुकार ८ फाल्गुन २०८१, बिहीबार १५:०८

बीरगंज । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी ) विश्वविद्यालयबाट निकालिएका १ सय ५६ नेपाली विद्यार्थी वीरगञ्ज नाका हुँदै घर फर्किएका छन् ।

बुधबार बिहान २ बजेदेखि बिहीबार आज बिहान १० बजेसम्म १ सय ५६ जना नेपाली विद्यार्थी वीरगञ्ज नाका हुँदै स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । 

भुवनेश्वरबाट रेल तथा सडकमार्ग हुँदै रक्सौल आइपुगेका ती विद्यार्थी वीरगञ्जको इनर्वा र अलौं नाका हुँदै नेपाल प्रवेश गरेका हुन् । इनर्वा नाका हुँदै १ सय ५३ जना र अलौं नाका हुँदै ३ जना गरी जम्मा १ सय ५६ जना विद्यार्थी नेपाल फर्किएको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो । तीमध्ये २७ छात्रा र १२९ छात्र रहेका छन् ।

फर्किएका विद्यार्थीहरूमध्ये अधिकांश पर्सा, बारा र रौतहट जिल्लाका रहेको प्रहरीले जनाएको छ । वीरगञ्ज नाका हुँदै आइपुगेका उनीहरूलाई प्रहरीले वीरगञ्ज महानगरपालिका र साउथजोन माविको सहकार्यमा गाडीको व्यवस्था गरी घर पठाएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिनुभयो । टाढा घर भएका विद्यार्थीहरूलाई प्रहरीले समेत सहयोग गरेर गाडीमार्फत गन्तव्यसम्म पुर्‍याइएको छ भने केहीलाई आफन्तले नै लिन आएका थिए ।

वीरगञ्ज महानगरपालिका बडा नम्बर–१५ ब्रह्मचोकका छात्र पिन्टु यादवका अनुसार केआइआइटी विश्वविद्यालयमा करिब १ हजार ५ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । बिटेक सिभिल दोस्रो सेमेस्टरमा अध्ययनरत यादवले आफ्नै सहपाठीको शङ्कास्पद मृत्यु भएपछि घटनाको छानबिनको माग गर्दा प्रशासनले आफूहरू माथि गुण्डा परिचालन गरी निर्घात कुटपिट गराएको बताउनुभयो । 

आन्दोलनका क्रममा आफूहरू माथी कुटपिट मात्र नगरी राति होस्टेलमै गुण्डा पठाएर कलेज प्रशासनले तत्कालै होस्टेल खाली गर्न धम्की दिएको र ज्यान असुरक्षित भएपछि रातारात कलेज छाडेर निस्कन बाध्य भएको यादवले बताउनुभयो । 

आलाइन रेडियो नेपाल

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

Continue Reading

Previous: चिम्टेश्वरमा महायज्ञ सुरु,यसको प्रचारमा सरकारले अधिकतम् सहयोग गर्ने मन्त्री पाण्डेको प्रतिवद्धता
Next: परराष्ट्रमन्त्री डा. देउवा स्वदेश फिर्ता 

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार