Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

शिक्षक महासंघ आन्दोलन ः शिक्षा विकास समन्वय प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाइयो

नुवाकोट पुकार ९ फाल्गुन २०८१, शुक्रबार १५:२२

शिक्षा विकास समन्वय ईकाइका प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाएपछि सामूहिक तस्बिर खिचाउँदै शिक्षक महासंघका प्रतिनिधिहरु ,तस्बिर, नमराज नेपाल


काठमाडौं । नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार आज शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाएको छ । महासंघ केन्द्रीय समितिको आह्वानमा आज ७७ वटै जिल्लामा शिक्षा विकास समन्वय इकाईमा पुगेर ज्ञापनपत्र बुझाइएको जनाइएको छ ।

सोही आन्दोलनका कार्यक्रम अनुसार नुवाकोट जिल्लामा पनि महासंघका प्रतिनिधिहरुले शिक्षा विकास समन्वय इकाई प्रमुख कुमार बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले विगतमा भएको सहमति अनुसार संसदबाट शिक्षा विधेयक तत्काल पारित हुनुपर्ने लगायतका माग कार्यान्वय हुनुपर्नेमा जोड दिएका छन् । माघ २० गते बसेको तेस्रो पूर्ण राष्ट्रिय बैठकपछि आन्दोलनको घोषणा गरिएको थियो ।

आन्दोलनका कार्यक्रम अनुसार फागुन १५ गते आआफ्नो प्रदेशमार्फत मुख्यमन्त्री तथा समाजिक विकास मन्त्रीसमक्ष ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम रहेको छ । फागुन २४ गते राजधानीमा बृहत जुलुश प्रदर्शनसहित खबरदारीसभाको आयोजना गरिने छ । २६ गते दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ ।

महासंघले यसअघि सामाजिक सञ्जालमार्फत समेत शिक्षा विधेयक तत्काल कालगू गर्न माग गर्दै पोष्ट गरिसकेका छन् भने आन्दोलनका कार्यक्रमबारे सरोकारवाला पक्षसँग छलफल गरिसेकेका छन् । सरकारले यसै हिउँदे अधिवेशनबाट शिक्षा विधेयक पारित गर्ने बताएपनि व्यवस्थापिका संसदमा छलफलका लागि दर्ता भएको छैन । जसले शिक्षकहरुमा शंका पैदा भएको छ ।

Continue Reading

Previous: अण्डाको मूल्य प्रति क्यारेड ३० देखि ३५ रुपैयाँका दरले घट्यो
Next: त्रिविले सार्वजनिक गर्‍यो स्ववियु निर्वाचनको तालिका(तालिकासहित)

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार