
विदुर । नुवाकोटको पिपलटारमा आयोजित प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सव फागुन १० गते सम्पन्न भएको छ। माघ २७ गते उद्घाटन भएको महोत्सव १४ दिनसम्म निरन्तर सञ्चालनमा हुँदै शनिबार सम्पन्न भएको हो । समापन समारोहमा आयोजक पिपलटार फुटबल क्लबका अध्यक्ष उद्धव पनेरूले खेलकुदले स्थानीय तथा राष्ट्रिय पहिचान बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले खेलाडीका कारण अर्जेन्टिना र पोर्चुगल जस्ता देशहरू खेलाडीका कारण चिनिने उदाहरण दिँदै, खेल प्रवर्द्धनले नुवाकोटलाई राष्ट्रिय स्तरमा चिनाउने विश्वास व्यक्त गर्नुभयो
विदुर नगरपालिकाको संरक्षणमा सम्पन्न महोत्सवमा प्रमुख अतिथि मेयर राजन श्रेष्ठले खेलकुदको विकास र प्रवर्द्धनका लागि नगरपालिकाले विभिन्न पहलहरू गरिरहेको जानकारी दिनुभयो। च्वाडीमा बिदुर नगरपालिकाको पहलमा निर्माणाधीन क्रिकेट रंगशाला प्रदेश सरकारको सहयोगमा अघि बढिरहेको उल्लेख गर्नुभयो ।
साथै, यसै वर्ष ‘विदुर मेयर कप’ आयोजना गर्ने योजना रहेको बताए। खेल पर्यटन प्रवर्द्धनका लागि फुटबल कप, चेस टुर्नामेन्टजस्ता प्रतियोगिताहरू सञ्चालन भइरहेको जानकारी दिादै मेयर श्रेष्ठले खेलकुद पूर्वाधार निर्माणमा विशेष ध्यान दिइएको बताउँदै मेयर श्रेष्ठले विदुर वडा नम्बर २ मा ब्याडमिन्टन र कबड्डी हल निर्माण भइसकेको तथा बट्टार क्याम्पसको खेलकुद मैदानका लागि बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो । विदुर नगरपालिकालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने योजनासमेत अघि बढाइएको उल्लेख गर्दै उनले बेत्रावतीमा सन्धि पार्क निर्माण, तीनमुखे पुलको निर्माण कार्य तथा आर्थिक गतिविधि प्रवर्द्धनका लागि विभिन्न योजनाहरू अघि बढाइएको उल्लेख गर्नुभयो ।
समापन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए। महोत्सव अवधिभर विभिन्न ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने स्थानीय उत्पादन लगायत विभिन्न व्यापारिक स्टलहरू सञ्चालनमा आएका थिए। १४ दिनमा ५० हजार दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकले बताएका छन् । नुवाकोट जिल्लामा नुवाकोट उद्योग बाणिज्य संघको आयोजानमा हुने महोत्सवपछि एउटा स्थानीय क्लबले खेलकुदको विकासका लागि आयोजना गरेको महोत्सव सफल भएको छ ।
महोत्सवमा मुख्य रुपमा राष्ट्यि स्तरका कलाकारहरुलाई नुवाकोटमा ल्याउन सक्नु पनि आयोजकको सफलता मान्नुपर्दछ । मुलुक मन्दीको अवस्थामा रहेका बेला महोत्वसले नुवाकोट जिल्लालाई एकपटक चलायमान बनाएको छ ।