
चितवन । प्रेस चौतारी नेपाल बागमती प्रदेशको अध्यक्षमा चितवनका तिलकराम रिमाल चयन भएका छन्। चितवनको नारायणगढमा सम्पन्न भएको चौतारीको बागमती प्रदेश समितिको दोस्रो अधिवेशनबाट सर्वसम्मत रूपमा रिमाललाई अध्यक्ष चयन गरिएको हो।
अधिवेशनले उपाध्यक्षमा उज्ज्वल पौडेल, महिला उपाध्यक्षमा तारा बस्नेत, र महासचिवमा प्रकाश दाहाललाई चयन गरेको छ।सचिव पदका लागि गोविन्द घिमिरे, लक्ष्मण घिमिरे, भोलाराज पौडेल, रूपक कोइराला र समावेशी सचिवका रूपमा नवराज श्रेष्ठ र जगतमान तामाङलाई सर्वसम्मत चयन गरेको छ।
अधिवेशनमा उपत्यका बाहेक बागमती प्रदेशका दस जिल्लाका प्रतिनिधिहरूले भाग लिएका थिए। यस अधिवेशनले आगामी तीन वर्षको कार्यकालको लागि १७ जना सदस्य चयन गरेको छ। अधिवेशनको उद्घाटन सत्रमा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, र संगठनका अध्यक्ष गणेश बस्नेत लगायतका प्रमुख नेताहरूले सम्बोधन गर्नुभएको थियो।