Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सुनको गहना चोरेको आरोपमा महिला पक्राउ

नुवाकोट पुकार १२ फाल्गुन २०८१, सोमबार १०:१२

विदुर । नुवाकोट प्रहरीले सुनको गहना चोरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको सूर्यगढी गाँउपालिका वडा नंम्बर १ को छाँपबाट सुनको गरगहना चोरेको आरोपमा एक महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पक्राउ पर्नेमा सुर्यगढी गाउँपालिका वडा नम्बर १ कि दिक्षा तामाङ रहेकी छिन् ।

उनले स्थानिय विद्यालयमा पढाउने शिक्षिका कुमारी गुरुङको कोठाबाट झण्डै ५ तोला सुनको गरगहना चोरी गरेको आरोप लागेको छ ।शनिवार विहान गुरुङले नुहाउने क्रममा सुनको गहना चोरी भएको प्रहरीले बताएको छ । गुरुङ नुहाएर कोठामा गएर हेर्दा झोलाभित्र रहेको गरगहना चोरी भएपछि प्रहरीलाई खबर गरेकी थिइन् । ईलाका प्रहरी चौकी चोगतेबाट खटिएको प्रहरीको टोलीले सोधपुछ गर्दा गरगहना तामाङले नै चोरेको पुष्टि भएको थियो ।चोरी भएको सुनको गहनामा सुनको लकेट, बेरुवा औठीँ, सिक्री सानो तिलहरी र माहिली तिलहरी रहेको प्रहरीले जनाएको छ ।

चोरी आरोपमा पक्राउ परेकी दिक्षा तामाङ तामाङले चोरी गरेको सुनको गरगहना कोठाभित्र रहेको टेवुलको घर्रामा सलमा पोको पारेर लुकाएर राखिएको अवस्थामा फेला परेको थियो । चोरी सम्बन्धी कसूरमा पक्राउ परेकी तामाङलाई जिल्ला अदालत नुवाकोट पेश गर्दा ७ दिनको म्याद थप गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Continue Reading

Previous: यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
Next: सालकको खपटासहित नुवाकोटका सन्तबहादुर पक्राउ

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार