विदुर । नेपाल पत्रकार महासंघ नुवाकोटको अध्यक्षको दोस्रो कार्यकाल रामहरि गजुरेलले सम्हालेका छन् ।
महासंघको २७ औं महाधिवेसनअन्तर्गत भएको निर्वाचनमा अध्यक्षका प्रत्यासीहरू नवराज सुवेदी र रामहरि गजुरेलले बराबर अर्थात् ३३ मत पाएपछि कार्यकाल पनि बराबरी बाँडेर दुबैजनालाई विजयको प्रमाणपत्र प्रदान गरिएको थियो । सोही अनुसार पहिलो कार्यकाल सुवेदीले डेड वर्ष पूरा गरेका छन् । आज असार १ गतेबाट गजुरेलले नेतृत्व सम्हालेका छन् ।
नुवाकोट जिल्लामा रहेर राष्ट्यि सञ्चारमाध्यमकासाथ जिल्लाबाट पत्रकारिता गर्दै आएका गजुरेल जिल्लाका श्रमजिवी पत्रकारमा गरिन्नछन् ।
उनी प्रेस सेन्टर नुवाकोटका अध्यक्ष समेत भैसकेका छन् । अध्यक्ष गजुरेलले पद बहाली गरेसँगै नुवाकोट पुकारसँगको कुराकानीका क्रममा जिल्लामा रहेका सञ्चारमाध्यमको हक हित र समग्र पत्रकारितालाई शुद्धिकरण गर्ने र समाजप्रति पत्रकारिता क्षेत्रको विश्वास जगाउने काममा आफ्नो कार्यकाल सफल रहने विश्वास व्यक्त गरेका छन् । उनको कार्यकाल डेड वर्षको हुनेछ ।
यसअघि सुवेदीको कार्यकालमा समेत पत्रकार हकहितका पक्षमा काम भएको भन्दै जिल्लाका सञ्चारकर्मीहरुले उनलाई समेत धन्यवाद ज्ञापन गरेका छन् ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्