बागमती प्रदेशको बजेट ६६ अर्ब

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १, सोमबार १९:५७

हेटौँडा, असार १ गते । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाखको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार बसेको प्रदेशसभामा उक्त बजेट पेश गर्नुभएको हो । यो बजेट चालु आर्थिक वर्षको तुलनामा ५४ करोड ४० लाख रुपैयाँ कम हो । 

उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका लागि ५ अर्ब ३७ करोड ५५ लाख ७४ हजार, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका लागि ६ अर्ब ७१ करोड ७७ लाख २४ हजार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका लागि ९ अर्ब ६ करोड २ लाख ३९ हजार बजेट बिनियोजन गरिएको छ ।

त्यस्तै स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका लागि ९ अर्ब ६ करोड २ लाख ३९ हजार बजेट र भौतिक पूर्वाधार विकास मन्त्रालयको लागि २५ अर्ब ६० करोड ८ लाख ४८ हजार बजेट बिनियोजन गरिएको छ । 

आगामी आर्थिक वर्ष भित्रै निर्माण र हस्तान्तरण हुने गरी मुख्यमन्त्री विपन्न आवास कार्यक्रम अन्तर्गत प्रदेशका अति विपन्न कम्तीमा एक हजार परिवारलाई सुरक्षित आवास निर्माण गरी वितरण गर्न २० करोड विनियोजन गरिएको छ । 

त्यस्तै प्रदेश सरकारले हालै अघि बढाएको प्रशासनिक पुनर्संरचनाद्धारा घटाइएका मन्त्रालय/निकाय/आयोग तथा कार्यालयहरूबाट सेवा प्रवाहमा प्रभावकारीता, विनियोजनमा कुशलता र खर्चमा मितव्ययिता कायम गर्दै प्रदेशको चालु खर्च ११ प्रतिशतले बचत हुने अनुमान गरिएको छ । बागमती प्रदेश सरकारको एकीकृत प्रशासनिक भवन, प्रदेशसभा भवन तथा आवास निर्माणका लागि ५६ करोड ५० लाख विनियोजन गरिएको छ । 

प्रादेशिक राजधानी हेटौंडालाई वृहत्तर हेटौंडा अवधारणा अनुरुप साइकल लेनसहितको पैदलयात्री मैत्री सडक, नदी करिडोर विकास र प्रादेशिक साँस्कृतिक ग्राम लगायतका पूर्वाधारहरूको निर्माण, पहिले मर्मत त्यसपछि निर्माण भन्ने नीति अनुसार सडक तथा पुलको नियमित मर्मत सम्भारका लागि ४४ करोड ७० लाख विनियोजन गरिएको छ । 

कुल विनियोजनमध्ये चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार अर्थात कुल विनियोजनको ३४.३१ प्रतिशत र पुँजीगत तर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार अर्थात कुल विनियोजनको ६५.६९ प्रतिशत रहेको छ । 

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख ६८ हजार, अन्य राजस्वबाट ७ अर्ब ७३ करोड ९९ लाख १२ हजार, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ३१ करोड ४८ लाख तथा चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत, विविध प्राप्तिबाट १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार र अन्य संस्थाबाट ऋण लगानी फिर्ताबाट ९६ करोड प्राप्त हुने अनुमान गरिएको छ ।गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *