
काठमाडौँ ।पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुमाथि अनेक प्रकारका आरोप लाग्न थालेको छ । पार्टी सभापति रवि लामिछाने ठगी प्रकरणमा मुद्दा खेपिरहेका बेला अर्का केन्द्रीय सदस्य मोहन थापा अमेरिकाको इमिग्रेसनको हिरासतमा परेका छन् । रास्वपाले केन्द्रीय सदस्य थापा अमेरिकाको हिरासतमा परेको पुष्टि गरेको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले केन्द्रीय सदस्य अमेरिकी इमिग्रेसनको हिरासतमा परेको जानकारी पुष्टि गरेका हुन् । रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकन इमिग्रेसनको हिरासतमा पर्नुभएको जानकारीमा आएको छ,ु झाले भनेका छन् ।
कार्यवाहक प्रवक्ता झाले केन्द्रीय सदस्य थापाले पार्टीमा निवेदन दिएर नै केन्द्रीय समिति सदस्यको जिम्मेवारीबाट बाहिर रहने जानकारी गराएको दाबी गरेका छन् । ुमोहन थापाले यसअगावै नै आफूले केही व्यक्तिगत कानुनी प्रक्रियाहरु स्पष्ट र समाधान गर्नु छ र सो किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहनु निवेदन दिएर जानुभएको थियो,झाले भनेका छन् ।