नेपाली कांग्रेसद्वारा नेपाल दलित संघको अध्यक्षमा विपन्न रामुदाम नियुक्त

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २, मंगलवार ०७:०९

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार पार्टी सभापति गगन कुमार थापाले नेपाल दलित संघको अध्यक्षमा विपन्न रामुदाम (चितवन) लाई नियुक्त गरेका छन्।

साेमबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार नेपाली कांग्रेसको विधान, २०७३ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आबद्ध भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्ष पदमा रामुदामलाई नियुक्त गरिएको हो।


विज्ञप्तिमा तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित ११ बुँदे कार्यादेश र कार्यविधि प्रदान गरिएको उल्लेख गरिएको छ। उक्त निर्णय नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट भएको जनाइएको छ।


नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्ति असार १, २०८३ मा सार्वजनिक गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *