
काठमाडौं, फागुन २२ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले एक जना कर्मचारीका लागि दलीयकरण नगर्न बिपक्षी दललाई सुझाव दिनुभएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै घिमिरेले कुलमान घिसिङलाई देवत्वकरण नगर्न समेत सुझाव दिनुभयो ।
एउटा कर्मचारीलाई दलीयकरण गरेर संसद्को प्रतिपक्ष उठेको देख्दा लाज लागेको उहाले बताउनुभयो । नेपालको कर्मचारीतन्त्र दूधले नुहाएको नभएको उहाको भनाइ छ । उहाले देवत्वकरण गरेर टाउकोमा नै बोकेर हिँड्ने हो भने सबै प्रतिपक्षी दलहरूको अध्यक्ष कुलमानलाई नै बनाउन सुझाव दिनुभयो ।
त्यस्तै उहाले बर्षायाम अघि नै विपी राजमार्ग निर्माणको काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।