
ढिकुरे । नुवाकोट जिल्लामा केन्द्रित रहेर सामाजिक अभियानमा सक्रिय रहेको यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्ट तथा नेपाल रेडक्रस सोसाइटी खानीगाउँ उपशाखाद्वारा संयुक्त रुपमा आयोजित एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
लिखु गाउँपालिका १ ढिकुरेस्थित नर्थ स्टार ओसिस ईग्लिस स्कुलमा आज शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा झण्डै आठ सयले सेवा लिएको यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसीले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा स्त्री रोग तथा प्रसुती सेवा,आँखा तथा दृष्टिरोग सम्बन्धी सेवा,मनोरोग सम्बन्धी , नशा तथा हार्डजोनीका बिरामीहरुको निःशुल्क स्वास्थ्य जाँच तथा औषधी समेत वितरण गएिको छ । ५१० जनाले स्वासथ्य जाँचका लागि टिकट काटेपनि अन्य तीन सयले विना टिकट निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको केसीले बताउनुभयो । अध्यक्ष केसीका अनुसार १ सय १० जनाको अल्टासाउण्ड,१ सय ४० को ल्याव टेष्ट,१ सय ५४ जनाकोआँखा जाँच गरिएको अध्यक्ष केसीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
यस्तै शिविरमा २२ जनाले रक्तदान समेत गरेको ट्रस्टले जनाएको छ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी दाजुभाइले आफ्नो माता पिताको स्मृतिमा स्थापना गरेको उक्त ट्रस्टले विगत १२ वर्षदेखि स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आएको छ । ट्रस्टले यसअघि पनि गाउँ गाउँमा स्वास्थ्य शिविरको आयोजना गरिसकेको छ । यस्तै ट्रस्टले भुकम्प,कोभिड जस्ता महामारीका बेलामा समेत जिल्लामा बसेर सहयोग गरेको थियो ।
यसअघि आजको शिविरमा उद्घाटन गर्दै ट्रस्टका संरक्षक तथा कार्यक्रममा प्रमुख अतिथि अर्जुननरसिंह केसीले आफूले राजीतिभन्दा पर रहेर ट्रस्टमार्फ सामाजिक भावनाकासाथ काम गरेको स्मरण गराउनु भएको थियो ।
ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसीको सभापतित्वमा भएको कार्यक्रममा ट्रस्टका सचिव जगदीश्वरनरसिंह केसी, लिुख गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठ,कांग्रेस नेता सरोज केसी, कृष्ण कुईकेलसहितका व्यक्तित्वहरुले ट्रस्टको योगदानको बारेमा बोल्नु भएको थिए ।