Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

मोर्डन कन्या कलेजले मनायो ११५ औं नारी दिवस

नुवाकोट पुकार २५ फाल्गुन २०८१, आईतवार ०९:५९

काठमाण्डौ । मोर्डन कन्या कलेज बानेश्वरले बिगतका बर्ष झैं यो बर्ष पनि ११५औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रमको आयोजना गरि भव्य रुपले मनाएको छ। नेपाल पत्रकार महासंघका निवर्तमान कार्यवहाक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा संस्कृतीबीद प्रा.डा. बिणा पौडेल प्रमुख आतिथि र अन्य व्यक्तित्व हरु बिषेश अतिथि रहनुभएको उक्त कार्यक्रम बानेश्वर स्थित मोडर्न कन्या कलेजको आफ्नै प्राङ्गणमा सम्पन्न भएको हो।

आफ्नो जीवनको लामो समय देशका छोरीहरुको शैक्षिक उन्नती गराउन खर्चिएका मोडर्न कन्या क्याम्पसका अध्यक्ष प्रा.डा रामप्रसाद दाहाल,लगायत बिभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्व हरुको भव्य उपस्थिति रहेको उक्त कार्यक्रममा प्रा।शर्मिला कोइरालाले शिक्षा क्षेत्रमा पुर्‍याउनु भएको योगदानको कदर स्वरुप दोसल्ला ओढाई सम्मान गरिएको थियो।


कार्यक्रममा उपस्थित प्रमुख अतिथि,विषेश अतिथि लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य दिनुभएको थियो।मन्तव्यको क्रममा संस्कृतिविद प्रा।डा।बिणा पौडेल ले महिलाको आदर्श ,योगदान र पारिवारिक कुशलता , सद्भावना संस्कारको कुराको चर्चा गर्दै महिलाको चेतना बिस्तारमा लाग्नु पर्ने बताउनु भएको थियो। कलेज अध्यक्ष शिक्षाविद डा रामप्रसाद दाहालले महिला प्रतिको भेदभावको अन्त्य हुन जरुरी छ।त्यो शिक्षा ,न्याय , परिवार अनि समाजमा समानता को खोजी गर्दै विभेदको अन्त्य गरेर हिंसा रहित समाज निर्माण गर्न सबै आआफ्नो ठाउँबाट लाग्न सुझाव दिनु भएको थियो ।

यस्तै नेपाल जेसीसका राष्ट्रय अध्यक्ष रजनी थापाले महिला आफू पहिला कमाउन सक्षम बन्नु पर्दछ र एक्लै पनि साहस पूर्वक अगाडि बढ्ने अनि,केही गर्न सकिन्छ भन्ने भावलाई उतार्न यस्ता दिनहरू फलदायी हुने कुरा मा बिश्वास व्यक्त गर्नु भयो । यस्तै प्रा। अन्जु कार्की बस्नेत , साहित्यकार अनिता कोइराला , कवि राधा दुवाल कार्की ,गायिका इन्दिरा थापा ,नायिका रश्मि भट्ट , मातृ शक्ति सहकारीकी सस्थापक सीता भट्टराई , सामाजिक अभियान्ता अपसरा खड्का , लगायतले महिलाको सशक्तिकरण , शिक्षामा पहुँच बिस्तार , लगायत बिबिध बिषयमा प्रकाश पार्नु भएको थियो भने कविता वाचन र सन्देश मूलक गीतहरु पनि प्रस्तुत गरिएको थियो।


कार्यक्रमको सभापतिको आसनबाट बोल्दै , नेपाल पत्रकार महासंघकी पूर्व अध्यक्ष वाला अधिकारीले महिलाको समस्यालाई बिस्तृत रूपमा चर्चा गर्दै जबसम्म नारी सक्षम बन्न सक्दैन तवसम्म समुन्नत समाज निर्माण गर्न सकिदैन त्यसैले महिला महिला बिचको प्रतिस्पर्धा लाई छोडेर अव हाम्रो प्रतिस्पर्धा महिला पुरुष दुबैसंग हो भन्ने दृढ सोचले अगाडि बढ्न आबश्यक छ।जुन काम मोडर्न कन्या कलेजले गरि रहेको छ।

कलेजका प्रिन्सिपल सविन पोख्रेलले कलेज गतिविधि र कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो भने छात्रा रेनुका कडेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रम उप प्रा।कोपिला कोइरालाले संचालन गर्नुभएको थियो।

Continue Reading

Previous: अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन
Next: प्रधानमन्त्री ओलीले आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार