Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सम्पूर्ण लोकतन्त्रवादी, गणतन्त्रवादी शक्ति एकताबद्ध हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

नुवाकोट पुकार २५ फाल्गुन २०८१, आईतवार २०:२४

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, भ्रष्ट्राचार नियन्त्रण, आर्थिक समृद्धि, सुशासन र जनतालाई डेलिभरी दिने कामलाई प्राथमिकता दिएर सरकार अघि बढिरहेको बताउनुभएको छ । 

धनगढीमा सुदूरपश्चिम प्रदेश सभा बैठकलाई विशेष सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले राजनैतिक स्थायित्व, सुशासन, आर्थिक समृद्धि हासिल गर्नका लागि वर्तमान सरकार गठन भएको बताउनुभयो । 

उहाँले ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेको सत्ता गठबन्धन सरकार २०८४ सालको आम निर्वाचनसम्मै जाने तथा अबको १६ महिना आफू प्रधानमन्त्री र त्यसपछि काँग्रेस सभापति, संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले पूर्व राजाले संविधान, कानुन, लोकतन्त्र, विधिका कुरा नगर्ने गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले जनताको लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त संविधानको रक्षा तथा राष्ट्रिय एकता र हितलाई बलियो बनाउन सम्पूर्ण लोकतन्त्रवादी, गणतन्त्रवादी शक्ति एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना, धनगढीमा आधुनिक रंगशाला निमार्ण गरिने बताउनुभयो । प्रधानमन्त्री ओलीले समृद्ध र उन्नत सुदूरपश्चिम प्रदेश निर्माण गरि जनतालाई रोजगारी, विकास र समृद्धि हासिल गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो । 

प्रधानमन्त्रीले आजै धनगढी सिटी हलको उद्घाटन गर्नुभयो । करिब २८ करोड लागतमा सिटी हल दुई वर्षअघि निर्माण सम्पन्न भएको थियो ।

अनलाइन रेडियो नेपालबाट

Continue Reading

Previous: महिलालाई भारतीय कोठीमा बिक्री गर्ने नुवाकोटका दुई युवक प्रहरी फन्दामा
Next: राप्रपालाई काठमाडौं महानगरले तोक्यो १ लाख जरिबाना

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार