Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

आईपुग्यो नथिङ फोन थ्रि ए

नुवाकोट पुकार २७ फाल्गुन २०८१, मंगलवार १९:०९

काठमाडौं । मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा आईपुगेको छ । चौधरी समूह अन्तर्गतको सिजी टेलिकमले नेपाली बजारमा नथिङ नथिङ फोन थ्रि ए सेरिज लन्च गरेको हो ।
विश्व बजारमा हट केक सावित भएको नथिङ फोन थ्रि ए सेरिजले नेपाली बजारमा पनि उपभोक्ताको अत्याधिक राम्रो आकर्षण प्राप्त गर्न सफल भएको छ । गएको मार्च ५ तारिक देखि प्रिबुकिङ शुरु गरिएको नथिङ फोन थ्रि ए को प्रिबुकिङ दोश्रो दिन नै बन्द गरिएको थियो ।

लिमिटेड स्टकमा दिएको एक्साईटिङ प्रिबुकिङ अफरमा उपभोक्ताको अत्याधिक आकर्षण भएकैले तोकिएको अवधी नसकिंदैं प्रिबुकिङ अफर रोक्नु परेको सिजी मोबाइलका महाप्रबन्धक विनय जोशीले बताएका छन् ।
नथिङ टेक इन्थ्युजियास्टहरुको सर्बाधिक प्रिय स्मार्टफोन ब्राण्ड हो । स्मार्ट फोन डिजाईन निक्कै बोरिङ् भए यसलाई नयाँ डिजाईन ल्याङ्ग्वेजमा नयाँ तरिकाले रिडिजाईन गरिन आवश्यक छ भन्दै नथिङका संस्थापक कार्ल पेई ले आफ्नो पहिलो स्मार्टफोन फोन वान लाई प्रिमियम लुक्स र डिजाईनमा विश्व बजारमा सन् २०२२ मा उतारेका थिए । जसको आम उपभोक्ताले खुलेर प्रसंसा गरे अनि नथिङ विश्व बजारमा इन्नोभेटिभ स्मार्टफोनको रुपमा सहजै स्थापित भयो ।


“ट्रान्सप्यारेन्ट ब्याक डिजाईन र ग्लिफ लाईटिङ भएको फोनको रुपमा नथिङ टाढैबाट सहजै चिनिने स्मार्टफोन हो ।” माहाप्रबन्धक विनय जोशी भन्छन्, “जसलाई नथिङले आफ्नो नयाँ सेरिज फोन थ्रि मा निरन्तर कायम राखेको छ । आफ्नो अधिल्लो सेरिजको डिजाईन ल्याङ्ग्वेजलाई पछ्याउँदै नथिङ्ले नयाँ सेरिज फोन थ्रि मा थप परिमार्जन र डिजाईन अझ परिस्कृत तुल्याएको छ ।”


हालै नेपाली बजारमा उपलब्ध भएको नथिङ फोन थ्रि ए डिजाईन थप प्रिमियम देखिएको छ । फोनको पछिल्लो भागमा थपिएको एउटा क्यामेराले फोनको डिजाईनलाई अझ उत्कृष्ठ देखाएको छ भने अधिल्लो सेरिजमा प्रयोग गरिएको ट्रान्सप्यारेन्ट प्लास्टिक ब्याक प्यानललाई ग्लास ब्याक प्यानलले प्रतिस्थापन गर्दा फोन अझ बढी प्रिमियम र क्लासी फिल भएको हो ।


५००० मिलिएम्पीयरको ब्याट्री र ५० वाटको वायरलेस चार्जिङ को कम्विनेसन भएको नथिङ फोन थ्रि ए मा १२० हर्ज रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले प्रदान गरिएको छ । चारै तिर समान र निक्कै कम बेजल भएको यो डिस्प्लेले बजारमा प्रचलनमा रहेका कुनै पनि फ्ल्यागसिप स्मार्टफोनको डिस्प्लेसँग सजिलै प्रतिस्पर्धा गर्न सक्षम रहेको छ । ३२ मेगापिक्सेलको सेल्फि क्यामेरा, ५० मेगापिक्सेलको मेन क्यामेरा, ५० मेगापिक्सेलकै टेलिफोटो क्यामेरा र ८ मेगापिक्सेलको अल्ट्रावाईड क्यामेरा भएको नथिङ फोन थ्रि ए ले खिच्ने फोटो निक्कै क्रिप्स, क्लियर र नेचुरल हुन्छ । फोर के भिडियो खिच्न सक्ने नथिङ फोन थ्रि ए मा दिइएको अप्टिकल इमेज स्टेबलाईजरका कारण खिचिएको भिडियो प्रोफेसनल क्वालिटीको हुन्छ ।


एण्डरोईड १५ अपरेटिङ सिस्टममा आउने नथिङ फोन थ्रि ए मा नथिङले थप तिन जेनेरेसनको ओएस अपग्रेडेसनको वाचा गरेको छ । ४ न्यानोमिटरको निक्कै पावरफुल र अप्टिमाईज्ड गरिएको स्न्यापड्रागन जेन ७ एस प्रोसेसर प्रयोग गरेको नथिङ फोन थ्रि ए ८ जिवि र्याम र १२८ जिवि स्टोरेज वा १२ जिवि र्याम र २५६ जिवि स्टोरेज अप्सनमा नेपाली बजारमा उपलब्ध गराईएको हो ।
फ्ल्यागसिप ग्रेडको परफरमेन्स र फिचर भएको नथिङ फोन थ्रि ए मूल्यमा भने मिडरेन्ज सेग्मेन्टमा पर्छन् । त्यसैले किफायती मूल्यमा प्रिमियम स्मार्टफोन चाहने टेक स्याभी यूवा उपभोक्ताको पहिलो रोजाईमा सँधै नथिङ पर्दै आएको छ । यहाँ स्मरणीय छ, नेपाली बजारमा नथिङ फोन थ्रि ए ब्लु, ब्ल्याक र ह्वाईट गरि तिन कलर अप्सनमा उपलब्ध रहेका छन् भने यसको शुरुवाती भेरियन्टको मूल्य ४८ हजार नौ सय उनान्सय रुपैंया तोकिएको छ ।

Continue Reading

Previous: नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा तीनवर्षे कार्ययोजनापत्र सार्वजनिक
Next: ज्योति विकास बैंकका ग्राहकहरुलाई सजावट दरबारमा विशेष छुट

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार