
काठमाडौँ — स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा= टंक बाराकोटी नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रिस्तरीय निर्णय गरी मन्त्रालयमा अतिरिक्त सचिव रहेका डा= बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।
यसअघि विभागको महानिर्देशक डा विकास देवकोटा थिए । डा= देवकोटा सचिवमा बढुवा भएपछि महानिर्देशकको पद खाली थियो । मन्त्रालयमा १२ औं तहमा अतिरिक्त सचिवमा कार्यरत डा. बाराकोटीले बुधबारबाट कार्यभार सम्हाल्ने तयारीमा छन् ।