Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

पूर्वविशिष्टलाई सुविधाको हल्लाको पछि नलागौं : उपप्रधानमन्त्री सिंह

नुवाकोट पुकार ३० फाल्गुन २०८१, शुक्रबार २०:०६

पाल्पा, चैत १ गते । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको प्रष्ट पार्नुभयो ।

यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको उहाँको भनाइ छ । ०६९ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याउनुभएको थियो ।

अहिले त्यस्तै प्रकृतिको कानुन निर्माणका सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आएपनि सरकारले त्यस्तो तयारी नगरेको उपप्रधानमन्त्री सिंहले प्रष्ट पार्नुभएको हो । अहिले सरकारका विरूद्ध विभिन्न माध्यमबाट हल्ला फैलाइको भन्दै यथार्थ बुझ्नुपर्नेमा जोड दिनुभयो । उहाँले हल्लाको पछि लाग्दा प्राप्त अधिकार गुम्नसक्ने अवस्था आउनसक्नेतर्फ पनि ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले जनताले लडेर अहिलेको अधिकार प्राप्त भएको भन्दै  कसैले किस्तिमा राखेर नदिएको बताउनुभयो । प्राप्त अधिकारको रक्षा गर्दै जनताको जीवन र जिविका सहज बनाउन सरकारले काम गरिरहेको सिंहले बताउनुभयो ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले आउँदा चुनौती सामना गर्न एकताबद्ध कांग्रेस बनाउनुपर्नेमा जोड दिनुभयो ।

‘‘कांग्रेसलाई केन्द्रमा राखेर काम गर्नुपर्याे । यो गुट त्यो गुट होइन एकताबद्द बलियो कांग्रेस बनाउन लागौं,’’ उहाँले भन्नुभयो, ‘‘कांग्रेसको मूल चुनौती नै पार्टी व्यवस्थापन हो । पार्टीलाई केन्द्रमा राखेर सबैले काम गरौं ।’’

गोरखापत्र अनलाइनबाट

Continue Reading

Previous: एकिकृत समाजवादीका यस्ता छन् आन्दोलनका कार्यक्रमहरु
Next: आज काठमाडौंका यी पाँच स्थानमा कटौती हुँदै छ बिजुली

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४

छुटाउनु भयो कि ?

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार