
रामेछाप, चैत २ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ निर्वाचित हुनुभएको छ । रामेछाप सदरमुकाम मन्थलीमा आज शनिवार बिहानसम्म चलेको तेस्रो महाधिवेशनले पुनः रामेछापका श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
शुक्रवारबाट सुरु भएको महाधिवेशनबाट उपाध्यक्षमा काभ्रेका दिलबहादुर लामा, महिला उपाध्यक्षमा काठमाडौकि अनिता डङ्गोल, महासचिवमा काठमाडौंका राजु नापित, महिला सचिवमा मकवानपुरकी निशा गुरुङ, सचिव संस्थागत चितवनका हिरालाल गुरुङ र कोषाध्यक्षमा धादिङका शङ्कर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो ।