नुवाकोटबाट रास्वपाको प्रथम महाधिवेशनका लागि ३६ महाधिवेशन प्रतिनिधि चयन (नामावलीसहित)

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २, मंगलवार २०:३४

विदुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनका लागि नुवाकोट जिल्लाबाट ३६ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। जिल्ला समिति, निर्वाचन क्षेत्र, नगरपालिका तथा गाउँपालिका अधिवेशनबाट निर्वाचित प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुने भएका हुन्।


रास्वपा नुवाकोट जिल्ला कार्यालयले सार्वजनिक गरेको प्रतिनिधि विवरणअनुसार जिल्ला समितिबाट अध्यक्षदेखि सदस्यसम्मका पदाधिकारी तथा विभिन्न पालिकाबाट निर्वाचित प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन्।

प्रतिनिधिहरू विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका, म्यागङ गाउँपालिका, शिवपुरी गाउँपालिका, लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका, पञ्चकन्या गाउँपालिका, तादी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र ककनी गाउँपालिकासहित जिल्लाका विभिन्न तहबाट चयन भएका हुन्।


रास्वपाले आगामी महाधिवेशनलाई संगठन सुदृढीकरण, वैचारिक बहस तथा भावी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। नुवाकोटबाट चयन भएका प्रतिनिधिहरूले महाधिवेशनमा जिल्लाको प्रतिनिधित्व गर्दै पार्टीको भावी नेतृत्व चयन र नीतिगत निर्णय प्रक्रियामा सहभागिता जनाउनेछन्

हाधिवेशन प्रतिनिधिहरूको नामावली यस प्रकार रहेको छः
रामेश्वर गजुरेल
कृष्णलाल श्रेष्ठ
बसन्त धिताल
लक्ष्मी पाण्डे
जानुका सापकोटा
विपना पाण्डे
शिवराम भट्टराई
सुभाष भण्डारी
विमल खड्का
भरतबहादुर थापामगर
तेजबहादुर प्याकुरेल
सम्झना पन्त
कृष्णप्रसाद पन्त
कमलराज पाण्डे
मैया सुवेेदी

ईश्वर अर्याल
बद्रीप्रसाद शर्मा
शिव प्रसाद भट्ट
नवराज तिवारी
मंगलबहादुर तामाङ
सेलकर तामाङ
विष्णु कुमार श्रेष्ठ
भिमप्रसाद न्यौपाने
राजु गिरी
सिंहबहादुर तामाङ
राममचन्द्र कार्की
जीवन खरेल
देवेन्द्रराज पाण्डे
अर्जुन श्रेष्ठ
सुनिल तामाङ
निराजन आचार्य
नरेन्द्र गौतामे
निर्गुणराज थापा
राेजिन तामाङ
रामचन्द्र ढुंगाना
राजाराम अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *